१५फाल्गुन,झापा/ झापा विर्तामोडमा जनता समाजवादी पार्टी झापा जिल्ला समन्वय समितिले आयाेजना गरेकाे अगुवा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेस कार्यक्रम सम्पन्न भएको छ।
जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीको संगठनलाई उपेक्षा गर्न नहुने बताएका छन् ।
कार्यक्रममा बाेल्नु हुदै राष्ट्रिय मुक्तिकाे लागि पार्टी एकता गरिएकोले कुनै एक पार्टीले एकले अर्कालाई निशेध गरेर लक्ष्य प्राप्त गर्न नसकिने भएकोले मिल्नुकाे विकल्प नरहेको जसपाका अध्यक्ष उपेन्द्र यादवले बताउनु भयाे ।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी समायोजनकाे विषयमा केही दिन देखि प्रदेश नं १ मा दुवै पक्षकाे जुवारी चलिरहेको बेला अध्यक्ष यादवकाे यस्ताे भनाई आएकाे हाे ।
अब चाडै जनता समाजवादी पार्टी नेपाल देशको प्रमुख शक्ति बन्न लागि रहेकाेले समायोजन प्रक्रियालाई द्रुत गतिमा अगाडि बढाई संगठन निर्माणमा जाेड दिन कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।
त्यस्तै गरि पार्टी बरिस्ठ नेता अशाेक राईले पार्टी समायोजन प्रक्रियालाई जतिसक्दो छिटो अगाडि बढाउन निर्देशन दिनु भयाे । जति सक्दाे सहमति प्रक्रियाबाट समायोजन टुंग्याउन नभए निर्देशिकाले ताेकेकाे मापदण्डमा टेकेर समायोजन टुङ्गो लगाउने सल्लाह दिनुभएको हो ।
कार्यक्रममा बोल्दै लिम्बुवान प्राप्तिको बाटोमा हामी सदैब लागि रहने र जस्तो सुकै आन्दोलन गर्न पनि पछि नपर्ने जसपा १न.प्रदेश अध्यक्ष फक्तालुङ्ग योङयाङल्र बताउनुभयो।
कार्यक्रममा पार्टीका कार्यकारिणी सदस्य शरद सिं भण्डारी, युवराज कार्की, सुसिला श्रेष्ठ, केन्द्रीय सदस्य देउकुमार नेम्वाङ, सुर्यनारायण गणेश, प्रदेश सदस्य केवलराम राई,जसपा प्रदेश अध्यक्ष फक्तालुङ्ग योङयाङ्ग,प्रदेश युवा अध्यक्ष राेसन लिम्बू लगायतले बाेलेका थिए । कार्यक्रममा विभिन्न पार्टी छेडेर १५० जना जसपामा प्रवेश गरेका थिए । उनिहरुलाई पार्टी अध्यक्ष यादव र वरिष्ठ नेता राईले खदा र अविर लगाएर स्वागत गरेका थिए ।
जनता समाजवादी पार्टी नेपाल झापा जिल्ला समन्वय समिति अध्यक्ष दिपेन बाला राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्का अध्यक्ष अनुतसिं राजवंशीले स्वागत मन्तव्य राखेका थिए ।