१५फाल्गुन,दमक/झापाको दमक २ स्थित महिमा चर्च बेल्डाँगीमा ख्रीष्टियन फेलोशिप दमकको आयोजनामा एक दिने पास्टरीय सेमिनार सम्पन्न भएको छ ।
सेमिनारमा नेपालको झापा, मोरङ, सुनसरी, इलाम, ताप्लेजुङ, पाँचथर, सिराहा गरि करिब ६० जना पास्टर तथा अगुवाहरुको उपस्थित रहेको कार्यक्रम संयोजक पास्टर ललित श्रेष्ठले जानकारी दिनुभयो।
सेमिनारमा काठमाडौंका मुख्य बक्ता पास्टर राजेन्द्र सुन्दाशले अगुवा निर्माण, मण्डली व्यवस्थापन सम्बन्धि साथै सुसमाचारको सेवकाई बारे सिकाउनु भएको थियो ।
यो सेमिनारबाट आशिषमय साथै थप उर्जा मिलेको सेमिनारमा सहभागी पास्टर किशोरमान राईले बताउनुभयो।
कार्यक्रम पास्टर राम प्रसाद श्रेष्ठले अन्तिम प्रार्थना गरि समापन भएको थियो ।