दमक । जीवन एउटा यात्रा भनिने गर्छ । यो यात्रा कटाउन धेरै घुम्ती मोडहरू पार गर्नु पर्ने हुन्छ र सबै घुम्ती मोडहरु कतिपय अवस्थामा सहज हुँदैन । जीवन कति चाहेका अनि कति नचाहेका, कति सोचेका, कति कल्पना पनि नगरिएका परिस्थितिको समिश्रण पनि हो । यस्तै नसोचेको अनि अकल्पनीय अवस्थाले जीवन निकै पीडादायी बनाई दिएको छ, मोरङ्, बेलबारी निवासी आँशु राजवंशीको जीवन । आफू, आफ्नो परिवार र समाजको लागि केहि योगदान गर्ने अवस्थामा पुगेकी बर्ष २५ कि आँशु आफै पेटमा पानी जमेको रोगबाट ग्रसित भई दयनीय अवस्थामा पुगेकी छिन् ।
सामन्य परिवारकी सदस्य आँशु अहिले यो गम्भीर रोगले ग्रसित भएर जीवन– मरणको दोसाँधमा पुगेकी छिन । हाल उपचारको क्रममा रहेकी आँशु कमजोर आर्थिक अवस्थाका कारण दिन प्रतिदिन मृत्युसँग नजिक हुँदैछिन् । परिवार, आफन्त अनि सहयोगी मनहरूको सहयोगमा उपचाररत आँशु अझै गम्भीर अवस्थामा नै छिन । पारिवारिक श्रोतका अनुसार आर्थिक अभावकै कारण थप उपचारका लागि सम्भावना कम भएको र आर्थिक सहयोग जुटाउन सकेको अवस्थामा आँशुलाई नयाँ जीवन दिन सकिने हुँदा सबै आम जनता, देश विदेशका सहयोगी मनहरूलाई सहयोगको अपील गरिएको पनि जानकारी दिनुभएकोछ । सहयोगका लागि ईच्छुक जो कोहिले आँशु राजबंशिका परिवार सदस्यलाई सिधैं सम्पर्क गर्न पनि सकिनेछ जस्का लागी आँशु (आशिका) राजवंशीको सिधा सम्पर्क नंम्बर ९८१७९५९९०६ मा सम्पर्क गर्न र सत्य तत्थ बुझ्न सकिने पनि पारिवारिक श्रोतले जानकारी दिएका छन ।
हाल धरानस्थित घोपा क्याम्पमा उपचाररत आँशुको सहयोगको लागी कोही सहयोगी हातहरुले सहयोग गर्न चाहेमा आँशु राजवंशीकै नाममा रहेको लक्ष्मी बैंक (धरान शाखा) स्थित खाता नंम्बर ०२३२३०७०४९० मा पनि सहयोग रकम उपलब्ध गराउन सकिनेछ ।