हाल समायोजित जसपाका (पुर्व राजपा का राष्ट्रिय युवा संघ) प्रदेश १ का अध्यक्ष रोशन लिम्बू ।उनी ०६२/६३ काे जन-आन्दोलन तथा लिम्बूवान अान्दोलनबाट पहिचान तथा समाबेशिका निम्ति लड्दै आएका जसपाका सक्षम,जुझारु ,एक कुसल युवा नेता अध्यक्ष रोशन लिम्बू यति खेर प्रदेश १ मा चर्चामा छन।
उनीसंग रेडियो झापाका संबाददाता अबिन लिम्बुले गरेको कुराकानी:-
१)यत्रो पार्टी हुदाहुदै किन जसपामा?
– दुई सय साल भन्दा अघि देखि जुन नेपालमा एकात्मक सत्ताधारिहरूले देश चलाउदै आइरहेका थिए,तिनिहरूकाे शासन र कानुन जुन छ त्यो एक नेपालीले अर्का नेपालिलाई हेर्ने दृष्टिकोण नै फरक बनाएका छन ।त्याे अझै पनि कायमै छ।एक नेपाली उच्च जाति अर्का तल्लाे जाति, एक पहाडि नेपाली ,अर्का मदेशि नेपाली।यस्ताे नस्लियत चिन्तनको साेचले बनाएकाे साेच र दृष्टिकोणलाई बदल्नु नै अहिलेको आवश्यकता हो। हाम्रो देश बहु-जाति ,बहु-धर्म,बहु भेष-भुषा र बहुभाषिकले बनेकाे देश हाे।। हामी हिमाल ,पहाड,तराई र मधेशमा बस्छाै। जो जहाँ बसे पनि हामी नेपाली नै हाै।। अहिलेको यो अबस्थामा हिमाली र पहाडी भेगमा बस्ने ब्यक्तिले तराइ र मदेशमा बस्ने अर्का ब्यतीलाई हेर्ने र साेच्ने चिन्नतन लाई बदल्नु छ सबैलाइ हामी जहाको भए पनि सर्ब प्रथम हामी नेपाली हो भन्ने ज्ञान् दिन अहिलेको आवस्यकता हो ।
हामी पहिचानका निम्ति लडिरहेका छौ सम्पुर्ण नेपालिले आ-आफ्नाे जाति,धर्म ,भाषा र सास्कृतिक पहिचानको अधिकार पाउनु पर्छ साथै सबै नेपालिले समान हक अधिकार समान तरिकाले पाउनु पर्छ भनेर हामी लडिरहेका छौ । जस्को लागि सबै पहिचानबादी शक्तिलाई एक बनाउदै गएको नेपालकाे एक मात्र पार्टी जो अहिले लडिरहेको छ त्यो जनता समाजवादि पार्टी नेपाल हाे।। तेसैले म याे पार्टी मा छु।।
२)अहिलेसम्म के-के कार्य गर्नुभयो त यो पार्टीमा लागेर?
-हाम्रो नेतृत्वले राजेन्द्र महत्वको प्रमुख आतिथ्यमा काठमाडौ बबरमहलस्थित राजपाको पार्टी कार्यलयमा लिम्बुवानका फक्तालुङ योङहाङ नेतृत्वमा रहेको सङ्घिय लिम्बुवान पार्टी नेपाल र जनबर्गिय संगठनको अशोक छेत्रीको नेतृत्वमा रहेको सङ्घिय बिध्यार्थी युनियन र युवा मन्चलाइ काठमाडौमा राजपा सङ्ग एकता गराउन सफल भए।त्यसपछी पनि धेरै कार्यक्रमहरु गर्यौ।
३)तपाईलाई राजेन्द्र महताे निकट पनि भन्दा रहेछ नि ?
-कसैले भन्नू अलग कुरा हाे तर उहाँ संग मलाई दाज्नु मिल्दैन उहाँ अादिबाशि जनजाति,खस ,मधेसी ,थारू,दलित,मुस्लिम साथै हिमाल,पहाड,तराई,मधेसको अधिकारको लागि बोल्ने एक मात्र नेता हुन जो नेपाली जनताको लागि हिरा हुन -उहा पहिचानबादि लिडर हुनु हुन्छ -अग्रज हुनु हुन्छ त्यसैले हामिले यहाँ बाट धेरै कुराहरू सिक्नु छ बुझ्नु छ ।। उहाले बोल्नु भएको कुरा नेपाली जनताको हित मा छ त्यसैले म उहाको बिचार प्रती सहमत छु ।
४)अहिले तपाइहरुको पार्टी समायोजन हुदैछ यति बेला तपाईं कहाँ ब्यस्त हुनुहुन्छ?
-अहिले जसपा समायोजनको अबस्थामा म पुर्ब राजपा निकट प्रदेश १ भित्र रहेका युवाहरु संग भेटघाट तथा छलफलमा ब्यस्त छु। युवा बर्गमा प्रदेश भित्र निक्कै राम्रो पकड रहेको यहाँलाइ बताउन चाहे।
५)तपाइँले आफ्नै नेता महेन्द्र राय यादवको बिरुद्ध पछिल्लो पटक बिज्ञापति निकाल्नु भयो नि?
-अ हामीले निकाले कै हो किनकि पार्टीको प्रदेश समिती नै छैन भनेर भनेको उहाले पार्टीको समितिलाई निरोत्साहित गर्ने कोसिस गर्नु भयो।हामी बिधि र बिधान संगत चल्छौ।
६)युवा के हाे ? आजकाे समयमा युवाको महत्त्व कस्तो छ?
– युवा आजकाे आवश्यकता हाे, साझेदारि हाे,संगै जिम्मेवारि पनि हाे ।।
७)अन्त्यमा हामिले सोधेका थियौ अाउने समयमा देश र सरकार कस्ताे खालकाे देख्न चाहानुहुन्छ ?
-देशकाे आफ्नै ईतिहास छ नेपाल देशलाई केही भन्न मिल्दैन तर सरकार नितिहरू यस्ताे बनाेस देशका हरेक युवाहरूले कुनै न कुनै पार्टीका झण्डा बाेकेर हिड्नु नपराेस, बिदेशीनु नपराेस। उच्च शिक्षा र राेजगारि सबैमा पाएकाे देख्न मन छ।अन्त्यमा मलाइ आफ्नो कुरा र पार्टीको बिचार राख्ने दिनुभएकोमा रेडियो झापालाइ धन्यवाद।