विराटनगर । रोटरी क्लय अफ बिराटनगर फ्युजनले आउने शनिवार विराटनगरमा साइक्लोथोन, प्रतियोगिता आयोजना गर्ने भएको छ ।
सो प्रतियोगिताबाट संकलित रकमबाट विद्यालयका शिक्षकहरूलाई तालिम दिने, सिकाईलाई प्रवद्र्धन गर्ने, विद्यालयको वातावरण सफा राख्ने उद्देश्य राखेको आयोजकले जनाएको छ ।
क्लवले विराटनगर–१९ स्थित बेगललाल आधारभूत विद्यालयलाई शैक्षिक एबम भौतिक स्तर सुधार गर्न चाहेको पनि पत्रकारसम्मेलन मार्फत जानकारी दिइएको छ । रोटरी क्लव अफ विराटनगर फ्युजनले नेपाल रेडक्रस सोसाइटी, विराटनगरको ब्लड बैंकलाई अझ राम्रो, स्वच्छ वाताबरण, स्वस्थ र सहज बनाउने उद्देश्य राखिएको बताइएको छ । शनिबार हुने प्रतियोगिताबाट संकलित रकम खेलकुद प्रतियोगिलाई पुरस्कार उपहार दिने जस्ता विभिन्न कार्यक्रम रहेको पनि बताइएको छ ।