२०फाल्गुन,झापा/ बलात्कार मुक्त समाजको परिकल्पना,शान्ति सुशासन र समृद्ध नेपाल हाम्रो चाहाना भन्ने मुल नाराको साथ मेची महाकाली साइकल यात्रा झापा बाह्रदशीका दुई युवाले आज देखि सुरु गरेका छन।
तपाइँहरुले यसरी साइकल यात्रा सुरु गर्नुको पछि मुख्य उद्देश्य के हो? भनेर रेडियो झापाको संवाददाताले सोधेको प्रश्नमा गायक आकाश क्षेत्रीले आफुहरुले अहिले नेपाली समाजमा बढिरहेको हत्या,हिंसा,भ्रस्टाचार जस्तो कुराबाट देशलाई मुक्त गराउनु सकिन्छ कि भन्ने अठोट का साथ आफुहरुले साइकल यात्रा गरेको बताए।
त्यस्तै अर्का साइकल यात्री झापाली कान्छा अभिषेक धमलाले हामीले यो टि-सर्टहरु लगाएर हिड्दै गर्दा देख्नेहरुले र पढ्न सक्नेहरुले पढेर यसो चाहिँ गर्नुहुन्न रहेछ।यो चाहि अपराध हो भनेर बुझ्न सकुन भन्ने पनि हाम्रो मुल उदेश्य हो।हाम्रो यात्रा भनेको मेचि टु महाकाली सम्म हो।हामी यो जसरी पनि पुरा गर्ने छौ।आज झापाको काकडभिट्टा मेची पुलबाट सुरु भएको यात्रा महाकाली पुलमा पुगेर मात्र समापन हुने कुरा समेत झापाली कान्छाले बताए।