२१फाल्गुन,झापा/जनता समाजबादी पार्टी प्रदेश न.०१ भित्र पछिल्लो दिन समायोजनको बिषयलाई लिएर विवाद चर्किदै गएको छ।
त्यसैको शृङ्खला बद्द रुपमा अहिले झापामा पनि समायोजनले विवाद उत्पन्न गरेको छ।पुर्ब समाजबादी पार्टीका प्रदेश न.०१ प्रबिण चामलिङको नेतृत्वमा सुर्य नारायण गणेश,बिश्वनाथ राजबंशी,मोहित कामती,अनुत सिंह राजबंशी,देबेन्द्र किशोर ढुंगाना,राम चन्द्र लिम्बू,मान बहादुर राई,शंकर प्रसाद राजबंशी,पृथ्वीनारायण कार्की र प्रेम कुमार थाम्सुहाङ्ग रहेको समायोजन सहजीकरण कार्यदल बनाइ झापा समायोजन गरिएको थियो।
उक्त समायोजन पुर्ब राजपा जिल्ला समिती र पुर्ब सपा जिल्ला अध्यक्ष दिपेन बाला राइ लगायत नेताले मान्य नहुने बताएका छन।
समायोजन सहजीकरण कार्यदलले गत १९ गते अनुत सिंह राजबंशीलाइ अध्यक्ष घोषण गरेको थियो।
पुर्ब राजपा प्रदेश न.०१ अध्यक्ष फक्ताङ्लुङ योङहाङले बिज्ञाप्ती जारी गर्दै यो समायोजन सहजीकरण कार्यदल मात्र हो।यसको काम सहजीकरण गर्ने हो।घोषण गर्दै हिड्ने हैन भनेर उल्लेख गरेका छन।
त्यस्तै बिज्ञाप्तीमा समायोजन कार्य निर्देशिका २०७७को आधारमा समायोजन गर्न पर्नेमा मन लग्दो गरेको आरोप समेत लगाएका छन। झापा बाहेक सबै जिल्ला पुर्ब सपाले राखेको अनि झापा जिल्ला मात्र दया गरेर दिएको जस्तो सन्देश दिने खाल्को बिज्ञापति जारी गर्ने अधिकार जिल्ला स्तरीय समायोजन सहजीकरण कार्यदलले कसरी पायो?नियत सफा हो भने प्रदेश न.०१का अध्यक्ष समिलित कार्यदल समानताको आधारमा समायोजनको बाताबरण बनाउन अग्रह समेत गरेका छन।