दमक । लायन्स क्लब अफ दमक लखनपुर , दमक ईस्टरलाईन , दमक सेविका को सम्युक्त आयोजनामा सरस्वति माध्यमिक विध्यालय, कमल ७ मा अध्यनरत ५० जना गरिब छात्र छात्रा लाई जुत्ता वितरण गरिएको छ । गत शुक्रबार भएको कार्यक्रमको अध्यक्षता लायन युवराज खत्री ले गर्नु भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि डिस्ट्रिक ३२५ ए १ का सिनियर एडभाइजर लायन प्रमोद दाहाल हुनुहुन्थ्यो । विद्यालयको तर्फबाट प्रधानाध्यापकले लायन्सप्रति आभार प्रकट गर्दै भविष्यमा अरु कार्यक्रम लिएर आउनेमा विश्वास लिनुभएको थियो ।