२३फाल्गुन,दमक/ सातौं दमक फुड फेस्टिभल आइतबारदेखि दमकको वडा न.०७ स्थित पशुहाटमा भब्य कार्यक्रम गर्दै उदघाटन भएको छ।
कार्यक्रम प्रदेशन.०१ का कृषि तथा सहकारी राज्य मन्त्री राम राना मगरले विभिन्न जात-जातीको खानाको परिकारको स्वाद लिदै उदघाटन गरेका हुन।
सातौ फुड फेस्टिभलमा धिमाल जाती परिकार ,मगर जाती परिकार,नेवारी परिकार,गुरुङ्ग जाती परिकार,तामाङ जातीको परिकारहरु समेत रहेको प्रचार-प्रसार संयोजक काजी राउतले बताउनु भयो।
त्यस्तै सातौ दमक फुड फेस्टिभलमा ४७ वोटा स्टल रहेको र राष्ट्रिय कलाकार,डान्स क्रीउ र स्थानीय कलाकारहरुबाट दैनिक ५ बजे पछि मनोरञ्जन सांस्कृतिक कार्यक्रमहरु समेत हुने फुड फेस्टिभल कार्यक्रमका संयोजक साथै होटेल व्यावसायि संघका अध्यक्ष राजन दंगालले बताउनु भयो।