१२ भाद्र, सरकारी छाप कीर्ते गरेको अभियोगमा अदालतको फैसलापछि फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यलय झापाले पक्राउ गरेको छ । तीन वर्षअघि सरकारी छाप कीर्ते मुद्दामा जिल्ला अदालत झापाबाट १ वर्ष कैद र रु ५० हजार जरिवाना तोकिएका भद्रपुर–७ का कमिचन राजवंशीलाई प्रहरीले आज उनकै निवाशमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, झापाका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिनुभयो ।
सरकारी छाप कीर्ते गरेको अभियोगमा जिल्ला अदालत झापाले राजवंशीलाई २०७३ चैत २२ गते एक वर्ष कैद र रु ५० हजार जरिवाना तोकेको थियो ।