२०७८ कार्तिक ०८, सोमबार
Close
रेडियो झापा 100.7 MHz. सोमबार, फाल्गुण २४, २०७७    १९:०७:०९

२४फाल्गुन,दमक,झापा/१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी दमक वडा नं.५ स्थित दिपिनी आधारभुत माध्यमिक बिधालयमा ३ दिने अन्तर नगरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता साथै विभिन्न बिधामा दमक भित्र रहेका मजदुर साथै महिला अधिकारकर्मिहरु लाइ दमक नगरपालिकाले सम्मान गर्ने कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा सम्मान हुनेहरुमा दमक वडा नं.४ निवासी ज्येष्ठ एकल उद्यमी महिला हर्कमाया राइ,भक्का व्यवसायी चम्फा राजबंशी,अपाङ्गता अभियानता पार्वता श्रेष्ठ, उद्यमी महिला पुनम गहतराज,एकल उद्यमी भावना धिमाल,एकल उद्यमी महिला सीता महत कोइराला,सिटि सवारी चालक देबि भुजेल,निर्माण व्यवसायी देबि भुजेल,लिला देबि सिग्देल दर्जी,चिया मजदुर फुलमाया सार्की,राष्ट्रिय भलिबल खेलाडी नर्वदा बिष्ट,चटपटे व्यवसायी शान्ती देबि चौधरी,एम्बुलेन्स चालक लिला बास्ताकोटीलाई उप-प्रमुख गीता अधिकारीको हस्तबाहुलीबाट सम्मानित गरिएको थियो।

कार्यक्रममा २/२ थान इलेक्ट्रीस सिलाइ मेसिन ३ जनालाइ दमक नगर प्रशासकीय प्रमुख गणेश तिम्ल्सिनाको हस्तबाहुलीबाट हस्तान्तरण गरिएको थियो।

त्यस्तै शिक्षा छात्रवृत्ति सहयोग कार्यक्रम अन्तर्गत पुनम भुजेललाई नगर उप प्रशासकीय दिनेश कु न्यौपानेको हस्तबाहुलीबाट नगद प्रदान गरिएको थियो।

त्यस्तै उज्यालो फाउन्डेसनबाट आयोजित अनलाइन वर्कसपमा सक्रिय सहभागि हुने ४ जनालाइ नगर उप-प्रमुख ज्युको हस्तबाहुली बाट प्रमाणपत्र सहित सम्मान गरिएको थियो।

त्यस्तै अन्तर बिधालय वकतृत्व कला प्रतियोगितामा प्रथम सेलिया श्रेष्ठ,द्वितीय दिकहा वाग्ले,तृतीय एन्जिला खड्का र सान्त्वना बसन्ती खत्री र आयुस बोहरालाई  नगर प्रमुख रोम ओलिको हस्तबाहुलीबाट प्रमाणपत्र दिएर सम्मान गरिएको थियो।

त्यस्तै भलिबल तर्फ पहिलो कमल गाउपालिका
,द्वितीय लेटाङ नगरपालिकालाई नगद राशी सहित प्रमाणपत्रले नगर प्रमुख र उपप्रमुखको हस्तबाहुलीबाट सम्मान गरिएको थियो।

कार्यक्रम संचालन भने सरिता भण्डारीले गरेकी थिइन।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com