२४फाल्गुन,उर्लाबारी,मोरङ/नमुना बाल गृह उर्लाबारी वडा नं.०७मा आज मेची-महाकाली हामी सबै नेपाली अभियानले झोला,खाद्यान्न बितरण गरेको छ।
नमुना बाल गृह २०५७ सालमा स्थापना भएको र हाल सो बाल आश्रममा ४९ जना बाल बालिका रहेको साथै यो भन्दा अगाडि धेरै जना बालबालिकाहरु यहि ठाउँबाट शिक्षित भइ कर्म गर्न सक्षम बनाइसकेको नमुना बाल गृहका अध्यक्ष मिना बरालले बताउनुभयो ।
उनले भने-आज फेरि यो मेची-महाकाली हामी सबै नेपाली अभियानले गर्नु भएको सहयोगको लागि उहाहरुलाइ बाल गृहाको तर्फबाट हार्दिक धन्यवाद दिन चाहान्छु।
यो भन्दा अघिल्लो महिना इटहरीको राम जानकी वृद्ध आश्रममा यसअभियानले सहयोग गरिसकेको र यो पटक भने नमुना बाल गृह उर्लाबारीमा सहयोग गर्न पाउँदा आफुहरु समेत खुसी भएको सामाजिक अभियानता काजी राउतले बताउनुभयो।
त्यसतै अवसरमा दमक उद्योग बाणिज्य संघका सदस्य लक्की सिटौलाले पनि सहयोग प्रदान गर्नु भएको थियो।
उर्लाबारी वडा नं.७का अध्यक्ष वीर बल थापाले सामाजिक कार्यमा आफुलाइ पनि संलग्न हुने मौका दिनु भएकोमा सामाजिक अभियानताहरु लाइ धन्यवाद दिनु भएको थियो भने उनले आदो दिनमा वडा सरकारबाट हुन सक्ने र गर्न सक्ने सहयोग आफुहरुले गर्ने प्रतिबद्धता समेत गर्नु भयो।