२०७८ कार्तिक ०८, सोमबार
Close
रेडियो झापा 100.7 MHz. बुधबार, फाल्गुण २६, २०७७    १३:१९:२३

२६फाल्गुन,दमक/ नेपाल प्रेस युनियनले दमकका एक जना पत्रकारलाई कोरोना बिमा रकम प्रदान गरेको छ ।

युनियनको माइपश्चिम क्षेत्रीय समिति दमकले दमकको प्राप्ति अटो र रोजियट अंग्रेजी बोर्डिङ स्कुलको सहकार्यमा कोरोना संक्रमित भएका पत्रकार विष्णु पौडेललाई विमा वापतको रु १ लाखको प्रदान गराएको हो ।

ती व्यवसायिक प्रतिष्ठानको सहकार्य तथा दमककै सगरमाथा ईन्स्योरन्समार्फत जिल्लाका माइपश्चिम क्षेत्रमा कृयाशील ३२ जना पत्रकारको संयुक्त रुपमा कोरोना विमा गरिएको युनियनका अध्यक्ष विष्णु सुब्बाले वताए ।

ती मध्ये दुई जना संक्रमित भएका थिए ।
युनियनले आज रोजियट बोर्डिङमा एक कार्यक्रम गरि पत्रकार पौडेललाई विमा रकम हस्तान्तरण गरिएको हो । विमा रकमको चेक प्राप्ती अटोका सञ्चालक प्रकाश प्रसाई, बोर्डिङका निर्देशक सुर्य कटुवाल, इन्स्योरेन्सका दमक शाखा प्रवन्धक देवराज दंगाल,कर्मचारी जेनिश पराजुली, प्रेस संगठन झापाका संयोजक टिकाराम उप्रेतीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

सो अवसरमा इन्स्योरेन्सका प्रबन्धक दंगालका अनुसार उक्त इन्स्योरेन्स कम्पन्नीमार्फत गरिएका ६३ वटा बिमा मध्ये २१ जनाले नियमानुसार पाउने रकम प्रदान गरिएको र अन्यको आउने प्रकृयामा रहेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com