२०७८ आश्विन ०२, शनिबार
Close
रेडियो झापा 100.7 MHz. शनिबार, फाल्गुण २९, २०७७    ६:४९:५१

विराटनगर, २९ चैत । प्रदेश १ स्तरिय लेखन प्रतियोगितामा ते¥हथुमकी सीता निरौला प्रथम भएकी छिन् ।
सामाजिक विकास मन्त्रालय र राष्ट्रिय युवा परिषद्को आयोजनामा हिजो विराटनगर सम्पन्न प्रतियोगितामा १२ जना प्रतिष्पर्धीलाई पछि पार्दै निरौला प्रथम हुन सफल भएकी थिईन । उदयपुर र भोजपुर बाहेकका १२ जिल्लाबाट छनौट भएका १३ विद्यार्थीवीच ‘समृद्ध राष्ट्र निर्माणका लागि यूवाको विचारहरु’ विषयक प्रदेश स्तरिय लेखन प्रतियोगितामा संखुवासभाकी सविना धिताल द्धितिय, झापाकी अम्विका भट्टराई तृतिय, मोरङका गौरव खतिवडा र सोलुखुम्वुका उत्सव ढुङेल सान्तवना भएका छन् ।
प्रतियोगिताका विजेताहरुलाई सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले पुरस्कार वितरण गर्नुभएको थियो । लेखन प्रतियोगितामा प्रथम, द्धितिय,तृतिय र सान्तवना हुनेलाई क्रमशः १५ हजार, १० हजार, ६ हजार र ३–३ हजार र प्रमाणपत्र वितरण गरिएको सामाजिक विकास मन्त्रालय यूवा तथा खेलकुद शाखाका अधिकृत कोमलबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने राष्ट्रिय स्तरिय प्रतियोगिताका लागि छनौट भएका छन् ।
पुरस्कार वितरण कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कार्की, उपसचिव कृष्णप्रसाद पोखरेल, यूवा परिषद् मोरङका अध्यक्ष सन्तोष घिमिरे लगायतले बोल्नु भएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com