२९फाल्गुन,दमक,झापा/दमक नगरपालिका स्तरीय नमूना युवा संसदको प्रधानमन्त्री प्रबिण पाठकबहुमत साथ भएका छन।
सोमबारदेखि सुरु भएको सो कार्यक्रम शुक्रबार सम्म चल्ने छ।जसमा दुई दिन नेतृत्व बिकास क्षमताको तालिम,संसदीय अभ्यास बारे तालिम,न्यायपालिका,कार्यपालिका र व्यवस्थापिका बारे तालिम,संसद चुनाब प्रक्रिया,निति निर्माण,आदि बारे तालिम दिने व्यवस्था भएको हुन्छ।
सोमबारदेखि सुरु भएको कार्यशालामा बुधबार संसदीय दलको नेता,उपनेता,सचेतक चुन्ने प्रक्रिया देखि राष्ट्रपति,उप-राष्ट्रपति,सभामुख र उप-सभामुख,प्रधानमन्त्री र मन्त्रीहरु चुन्ने सम्म प्रक्रिया मिलाइ काॠ अगाडि बढाइएको थियो।
बुधबार भएको निर्वाचन प्रक्रियामा सत्ता पक्षका संसदीय दलका नेता गंगा खतिवडा चयन भएका थिए भने प्रतिपक्षी दलका संसदीय नेता प्रवेश बास्टाकोटी चयन भएका थिए।
त्यस्तै राष्ट्रपतीमा कृषा दाहाल,सभामुख राम खतिवडा,प्रधानमन्त्री प्रबिण पाठक,गृहमन्त्री गंगा खतिवडा,अर्थ मन्त्री सुयोग पोख्रेल,शिक्षा मन्त्री बिन्ता न्यौपाने,पराराष्ट्र मन्त्री रोजिना पौडेल,महिला तथा बालबालिका मन्त्री दीक्षा वाग्ले,स्वास्थ तथा सामाजिक सुरक्षा मन्त्री कोपिला पोख्रेल,श्रम तथा रोजगार मन्त्री बिनु बुढाथोकी,कृषि तथा भुमी सुधार मन्त्री एन्जल लुइँटेल,युवा तथा खेलकुद मन्त्री दिया भण्डारी रहेको सरकारको प्रबक्ता,सूचना तथा संचार मन्त्री अबिन मेयाङ्गबोले जानकारी दिनु भयो।
कार्यक्रमको उदघाटन नगर प्रमुख रोम ओलिले ब्यानर पढेर गर्नु भएको थियो भने उपमेयर गिता अधिकारीले शुभकामना प्रदान गर्नुभएको थियो।