२०७८ कार्तिक ०७, आइतबार
Close
रेडियो झापा 100.7 MHz. बुधबार, चैत्र ०४, २०७७    २१:१४:२४

४चैत्र,इलाम / “आवाज विहिनका आवाज” चुलाचुली मिडिया प्रा.लि. को प्रस्तुती साथै निर्माण रहेको बेव श्रृंखला “सेवारो बाजे” सिजन -२ को पहिलो भाग सार्वजनिक भएको छ ।

चुलाचुली मिडिया को अफिसियल युटुव च्यानलबाट हरेक मंगलबार साँझ ७ बजे प्रशारण हुने स्रोतले जनाएको छ । प्राविधिक कारण रोकिएको बेव श्रृंखला तीन महिनापछि निर्माण सुरु भएको हो । महिनाको चार वटै हप्तामा प्रशारण हुँदै आएको “सेवारो बाजे” सिजन- २ भने, दश दिन को अन्तरमा महिनामा तीन वटा मात्र भाग प्रशारण हुने निर्माण पक्षले वताएका छन् ।

चुलाचुली गाउँपालिका को सहकार्यमा निर्माण हुने बेव श्रृंखला “सेवारो बाजे” सिजन -२ को अधिकांश छायाँङ्कन चुलाचुलीभरि रहेका पर्यटकिय क्षेत्र, धार्मिक स्थल, शैक्षिक क्षेत्र लगायतमा गरिने भएको छ । “सेवारो बाजे” सिजन २ मा चन्द्र दंगाल ले प्रोड्क्शन तथा व्यवस्थापन पक्ष हेर्ने भएको छ ।

जम्मा १४ भाग सम्म निर्माण हुने “सेवारो बाजे” सिजन-२ को करिब ३ लाख बढि लगानी रहने भएको छ ।“सेवारो बाजे” सिजन -२ को पटकथा लेखन रंगकर्मी मनाङ लावतीले गर्ने भएको छ । “सेवारो बाजे” सिजन-२ मा मुख्य भूमिका मा दिपेश मगर, हेमराज घिमिरिे, मनकुमार योङहाङ, केशर भूजेल, सुनिता चेम्जोङ, सन्तोस राई, गणेश कुमार योङहाङ, पुर्ण ठटाल, मिलन कोयू राई, मनिशा विश्वकर्मा लगायत कलाकारहरुको अभिनय रहने छ ।

बेव श्रृंखलाका निर्देशक चेतन आङथुपो को अनुसार, ‘ “सेवारो बाजे” सिजन-२ मा भनिने कथा सेवारो बाजेको खोजीमा हिडेका दुई पात्रको यात्रा संघर्ष र कथामा एक्लो भएका नाती सिकुम को दैनिकी संर्घष साथैै स्थानीय पर्यटन क्षेत्रलाई विशेष रुपमा प्रस्तुती गरिने छ । ’

लकडाउन र कोरोना को महामारी बेला निर्माण सुरु गरेको यस बेव श्रृंखला “सेवारो बाजे” को मुख्य भूमिका मा राज फागो रहेको थियो । १ देखि ३० भाग सम्म निर्माण गरिएको 

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com