०५चैत्र,दमक,झापा/आज संसारभर हेर्ने हो भने मानिसहरू विभिन्न संघर्षहरु गर्दै साथै रोगले जीवन जिरहेको छन् ।
यस्तै भिडमा दमक-९ स्थित लक्षमण खड्काको पनि विगत लामो समय अवधी फ्लिमी लाईन देखी इलेक्ट्रेसियन सम्मका कामहरू गर्दै आफु र आफ्नो परिवारको घरायसी खर्च चलाउदै आउनु भएको थियोे ।
तर दुर्भाग्यबस ४ वर्ष अगाडि दमक फार्मेसीमा क्रीटिनाइन जाँच गर्दा दुईवटेै किड्नी फेल भएको डाक्टर शैलेन्द्र श्रेष्ठले बताए पछि त्यसै समय देखि खड्काले निरन्तर उपचार गरिरहेका थिए।
तर औषधि खादै जादा पनि थप अवस्था नाजुक भइ खड्काले डेढ बर्ष देखि निरन्तर डाइलेसिस गर्दै आउनु भएको छ। हाल खड्का जीवन र मृत्युको संघारमा हुनुहुन्छ।उहाको उपचार गर्दै जादा घरको आर्थिक स्थिति समेत दयनीय,नाजुक भएको हुदा खड्काको उपचारको लागि उहाँको परिवारले देश बिदेशमा रहेको सहयोगी मनहरुलाइ सहयोगको लागि अपिल गरेका छन।
बिरामीको सम्पर्क न:-९८०४३६२३०४
बिरामीको नाम:-लक्षमण खडका