०५चैत्र,कमल,झापा/कमल गाउँपालिका स्तरीय नमूना युवा संसद कार्यशाला आज कमल गाउँपालिकामा रहेको कोभिड-१९ अस्थायी अस्पतालमा समापन भएको छ।
आइतबार देखि सुरु भएको सो कार्यक्रम बिहिबारसम्म चलेको थियो ।जसमा ३७ जना युवाहरुको सहभागी समेत रहेको थियो भने सो कार्यक्रममा दुई दिन नेतृत्व बिकास क्षमताको तालिम,संसदीय अभ्यास बारे तालिम, न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका बारे तालिम,संसद चुनाब प्रक्रिया,निति निर्माण,आदि बारे तालिम दिने व्यवस्था रहेको थियो।
आइतबारबार देखि सुरु भएको कार्यशालामा बुधबार संसदीय दलको नेता,उपनेता,सचेतक चुन्ने प्रक्रिया देखि राष्ट्रपति, उप-राष्ट्रपति, सभामुख र उप-सभामुख,प्रधानमन्त्री र मन्त्रीहरु चुन्ने सम्म प्रक्रिया मिलाइ कार्यक्रम अगाडि बढाइएको थियो।
बुधबार भएको निर्वाचनमा राष्ट्रपति प्रनिसा नेपाल,उपराष्ट्रपति प्रमोद पोख्रेल,सभामुख जेनिसा भण्डारी, उपसभामुख निखिल कट्टेल,प्रधानमन्त्री दिवस न्यौपाने,गृहमन्त्री हेमराज बोहोरा,अर्थ मन्त्री दिपेश सनजेल,महिला तथा बालबालिका मन्त्री सरस्वता गौतम,स्वास्थ्य तथा सामाजिक सुरक्षा मन्त्री युना बस्नेत,शिक्षा युवा तथा खेल्कुद मन्त्री सिसन राई,उद्योग तथा रोजगार मन्त्री बिना प्याकुरेल चयन भएका थिए।
कार्यक्रममा गाउँपालिका प्रमुख मेनुका काफ्ले,गाउँ पालिका उपप्रमुख,गाउँ पालिका प्रशासन प्रमुख,राजनैतिक दलका नेता,सामाजिक ब्याक्तिहरु लगायत समाजको अग्रज ब्यक्तिहरुको समेत उपस्थित रहेको थियो भने दमक नगरपालिका नमुना युवा संसदका प्रधानमन्त्री प्रबिण पाठक र सूचना तथा संचार मन्त्री अबिन मेयाङ्गबोको समेत उपस्तिथि रहेको थियो।