०६चैत्र,दमक,झापा/दमक नगरपालिका भित्र केही माछा ब्यबसायीहरुले नेपाल सरकारबाट प्रतिबन्धित मागुर जातको माछा र भंसार स्वीकृती नभएको माछा आयात गरि बिक्री वितरण गर्दै आएको जानकारी प्राप्त भएको र सो प्रतिबन्धित माछा बिक्री बितरण नगर्न नगरपालिकाले सूचना जारी गरेको छ।
यसै सूचनालाई आधार मानी सबै माछा व्यावसायिले सो प्रतिबन्धित माछा तत्काल बिक्रीबितरण कार्य बन्द नगरे नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने ब्यहोरा समेत नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सिनाले हस्ताक्षरित गरेको सूचना पत्रमा उल्लेख छ।