०६चैत्र,दमक,झापा/संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च सम्बद्ध संघीय बिद्यार्थी युनियन झापा जिल्ला समितिले आज १२औं मनिल तामाङ स्मृति दिवस भब्यताको साथ दमक बहुमुखी क्याम्पसमा मनाएको छ।
कार्यक्रममा स.बि.युका केन्द्रिय तह,स्थानीय तह देखि अन्तर जिल्लासम्मका बिद्यार्थी नेताहरुको उपस्तिथि रहेको थियो।
बोल्ने क्रममा पत्रकार अविन लिम्बुले त्यो दिन निक्कै नै भयानक र भयावह स्थिति रहेको बताए।उनले थप्दै भने- त्यस समय देश भरीका क्याम्पसहरु जलिरहेका थिए अनि हामी दमक क्याम्पसको अग्र मोर्चामा थियौ। हामी पनि बाच्छौ कि मर्छौ भन्ने ठुलो दोशादमा फसेको थियौ। त्यही बखत झापाको धुलाबारी क्याम्पसमा गोलि चल्यो र त्यही गोलि लागेर मनिल तामाङले शहदत प्राप्त गर्यो रे भनेर खबर आयो हामी झन आक्रमक भएर आन्दोलित भयौ त्यसैको प्रतिफल स्वरूप त्यस समय स्वतन्त्र विद्यार्थी युनियन चुनाब स्थगित भयो। तर अहिले त समय परिवर्तन भए ब्यक्ति परिवर्तन भए र मलाइ नै हेर्नू म पनि राजनीति छोडेर पत्रकारीता तिर लागे तर त्यो दिन इतिहासको कुनै पृष्ठभुमिमा बिर्सन सक्दिन। आज हाम्रो आन्दोलनले सार्थकता पाएछ भनेर उनले खुसी व्यक्त गरे।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि स.बि.यु केन्द्रिय अध्यक्ष सेसेहाङ्ग लिम्बुले आफुहरुले मनिल तामाङको बलिदान बिर्सनु नहुने र आज आएर हेर्ने हो भने स्वबियु चुनाबमा केही हद सम्म भए पनि समानुपातिक प्रतिनिधित्व लागू गर्न सकेको छौ।
कार्यक्रमको अध्यक्षता स.बि.यु झापा जिल्ला अध्यक्ष सागर साम्बाले गरेका थिए भने कार्यक्रम संचालन सिकुम लिम्बुले गरेका थिए।