झापा, चैत्र ०६ गते ।
झापाका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । बिहिवार साँझ साँढे ५ बजेको समयमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका(८ का १९ बर्षीय सरोज सुनुवार र १९ बर्षकै अभिषेक राजवंशीलाई २।४३ ग्राम लागुऔषध ब्राउनसुगर सहित डाँगीवारीबाट पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका(९ का १९ बर्षीय पवन भनिने साईल खानलाई ५ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । खानलाई अर्जुनधारा नगरपालिका(११ बसपार्कबाट पक्राउ गरिएको हो । यस्तै लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका(१३ बाट बिहिवार साँझ ७ बजे ३ जनालाई लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका(१५ का ३० बर्षीय कुमोलाल राजवंशी , २४ बर्षीय संजय मुखिया र भद्रपुर नगरपालिका(१० का १९ बर्षीय श्रवण मुखिया रहेका छन् । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।