०६चैत्र,दमक,झापा/लिबि मन्च झापा जिल्ला समिति र दमक बहुमुखी इकाइ समितिले आज २३ औं स्थापना दिवसको अवसरमा शुभकामना कामना आदन-प्रदान तथा लोक सेवा/बैंकिङ सम्बन्धि अभिमुखीकरण तालिम भब्यताको साथ दमक बहुमुखी क्याम्पसमा सम्पन्न गरेको छ।
कार्यक्रममा लिबि मन्चका प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष मोहन माबो,स्थानीय तह देखि अन्तर जिल्लासम्मका बिद्यार्थी नेताहरुको उपस्तिथि रहेको थियो।
बोल्ने क्रममा शुक्रराज माबोले आज लिबि मन्चको २३ औ स्थापना दिवस मनाइ राख्दा हामी लिम्बु समुदायका बिद्यार्थीहरुको लागि गर्बको कुरा रहेको बताउनु भयो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोहन माबोले लिबि मन्चले स्थापना काल देखि नै लिम्बुवान भुमि,लिम्बुहरुको पहिचान,भाषा,धर्म, संस्कार- संस्कृतिको बिषयमा वकालत गर्दै आएको छ।हामी आफ्नो मुद्दामा प्रतिबद्ध छौ।९औं राष्ट्रिय महाधिवेशन र २३ औ स्थापना दिवस सम्म आइपुग्दा धेरै समस्याहरु झेल्नुपरेको थियो अहिले बाताबरण सहज भएको समेत उनले बताए।
लोक सेवा/बैंकिङ सम्बन्धि अभिमुखीकरण तालिम भने अर्जुन सुवेदीले दिनुभएको थियो।
त्यस्तै लोक सेवा/बैंकिङ सम्बन्धि अभिमुखीकरण तालिमको लागि सहजकर्ताको भुमिका गगन लिम्बुले निर्वाह गर्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता लिबि मन्चका झापा जिल्ला अध्यक्ष सागर साम्बाले गरेका थिए भने कार्यक्रम संचालन गंगा बेघा र मिसन सेलिङले गरेका थिए।