झापा । गौरादह–विराटनगर समाजको आयोजनामा गौरादहका डिठ्ठा स्व. नरबहादुर बस्नेत र देवीप्रसाद काफ्लेलाई मरणोपरान्त सम्मान गरिएको छ । सम्मानितद्वयका श्रीमतीलाई नागरिक अभिनन्दन गरी प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सम्मान पत्र हस्तान्त्रण गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेश प्रमुख प्यासीले मरणोपरान्त सम्मानित डिठा स्व. नरबहादुर बस्नेत गौरादहका कुशल अभिभावक, समाजसेवी, कुशल प्रशासक र श्रमिकहरूप्रति दयाको भाव राख्ने व्यत्तित्व भएको र वहाँले यस समाजलाई अतुलनीय योगदान पु¥याएको बताउनु भयो । मन्तब्यकै क्रममा देवीप्रसाद काफ्लेको स्मरण गर्दै महारानीझोडाका लोकप्रिय व्यत्तित्वका रुपमा स्थापित देवी प्रसाद समाज परिवर्तनका सम्वाहक रहेको बताउँनु भएको छ ।
प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सामाजिक विकास मन्त्री माननीय हिक्मत कार्की, संविधान सभा सदस्य दीपक कार्की, गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साह लगायतले शुभकामना मन्त्ब्य राख्नु भएको थियो । उत्त कार्यक्रमको अध्यक्षता गौरादह–बिराटनगर समाजका अध्यक्ष ईन्द्र न्यौपानेले गर्नुभएको थियो ।