१०चैत्र,इलाम/जनता समाजबादी पार्टी प्रदेश न.०१का नेताहरु ४१ बर्ष पछि जेलबाट छुटेका दुर्गा प्रसाद तिम्सिनालाइ भेट्न इलाम उनको निजि निवासमा सोमबार पुगेका छन।
जसपा प्रदेश नं.१ का अध्यक्ष फक्ताङलुङ योङयाङको सकृयता र जसपा सम्बद्ध प्रदेश नं.०१का युवा अध्यक्ष रोशन लिम्बुको नेतृत्वमा दुर्गा प्रसाद तिम्सिनालाई स्वागत तथा भेटघाट गर्न इलाम लुम्बाक वडा नं१० उनको निजि निवासमा पुगेका हुन।
युवा अध्यक्ष लिम्बुले भन्नुभयो,”दुर्गा तिम्सिना यस्ताे नेपालि हुन। जुन भारतकाे जेलमा ४१ बर्ष निर्दाेश करार कैदि भाेग्नु पर्याे।”
उनले थप्दै भने,”एक नेपाली भएकाे नाताले याे समाचार सुन्न साथ हामी १ प्रदेश जनता समाजवादि युवा संघ तथा पार्टीका नेताहरू उहाकाे ईलाम निवास चैत ९ गते रात ८ बजे स्वास्थ अवस्था बारे छलफल तथा सदभावपुर्ण भेटघाट उहाँ लगाएत स- परिवार संग गर्यौ।राज्य सरकारकाे कमजाेरिले आज बिदेशमा हजाराै नेपाली हरू अलपत्र छन। दुर्गा तिम्सिनाकाे अवस्था बारे सरकारलाई उचित ध्यानाकर्षण गराउदै उहाकाे सु स्वास्थ्य साथै आउदाे दिनहरू सुखद मिलाेस भन्ने शुभ-कामना समेत व्यक्त गरे।”
त्यहा उपस्थित रहेको जसपाका नेताहर माइ नगरपालिका अध्यक्ष टुपेन्द्र एक्तेन,प्रदेश नं.१अध्यक्ष फक्ताङ्गलुङ योङयाङ,उपाध्यक्ष सरन जबेगु,केन्द्रिय सदस्य प्रेमदिप थाम्सुहाङ्ग,युवा अध्यक्ष रोशन लिम्बू,लिम्बुवान राष्ट्रिय समिती अध्यक्ष रन्जन लिम्बु लगायतले उनलाओ खदा लगाइ स्वागत तथा सम्मान गरेका थिए।