११ चैत्र,सुनसरी/लिम्बू समुदायमा अब दुइ जातीय संगठन रहेनछ। एउटा जातीय संगठन योगेन्द्र वनेम मातहतमा रहेको “किरात याक्थुङ चुम्लुङ” र अर्को भने भक्त मुसाहाङको नेतृत्वमा रहेको “याक्थुङ् चुम्लुङ्”।
भक्त मुसाहाङ्को अनुसार संसार भरिका लिम्बू समुदायको एउटै साझा संगठन किरात याक्थुङ् चुम्लुङ्ग थियो । तर अब त्यसको औचित्य समाप्त भएको छ । किनभने किरात याक्थुङ् चुम्लुङ्गका केन्द्रीय नेतृत्वहरूको घमण्ड र दम्भका कारण यो संस्था दुई भागमा हुन गएको हो। कियाचुले कुनै पनि धर्मको मुद्धा उठाउनु हुँदैन भनेर हामीले पटक पटक सामाजिक संजाल मार्फत र प्रतक्ष्यरूपमा पनि नेतृत्वलाई अनुरोध गरेको हो तर हाम्रो कुरा सुनवाइ नभएपछि यो कदम चाल्न हामी बाध्य भएको उनी बताउछन।
उनले थप्दै भने,”लिम्बू समुदाय भित्र किरात धर्म मात्र मान्ने वा अस्था राख्ने ब्यक्तिहरु नभएको यहाँ भित्र अन्य धर्ममा पनि आस्था राख्ने ब्यक्तिहरु छन। यसरी विभिन्न धर्ममा आस्था राख्ने सबै लिम्बू समुदायलाई समेटेर लानुपर्छ भन्ने हाम्रो माग हो । तर कियाचुको रवैया वा भनौ तयारी त्यो देखिएन। जसरी पनि पेलेरै जाने किरात धर्म जसरी पनि लादेरै लाने तानाशाही प्रवृतिल निक्कै लामो इतिहास बोकेको लिम्बू जातिको जातीय संगठन किरात याक्थुङ चुम्लुङ् बिखण्डन भएको र हामीले पनि नया संगठन खोल्न बाध्य भएको उनले बताए।
याक्थुङ चुम्लुङ नामक संस्था जिल्ला प्रशासन कार्यलय सुनसरीमा दर्ता भएको र धरान उपमहानगर पालिका वडा नं.१३मा यसको कार्यलय रहेको संस्था दर्ताको प्रमाणपत्र मा उल्लेख गरिएको छ।