११चैत्र,दमक,झापा/द ग्लोबल लिडसीप समिट नेपालको आयोजनामा नेपालको प्रदेशका केन्द्रीय रूपमा १धरान,३काठमाडौं ,४पोखरा ,६सुर्खेत र ७को कैलाली, कञ्चनपुर, सल्यान साथै विभिन्न जिल्ला र नगरमा अनलाइन जुम मार्फत १दिने सेमिनार सम्पन्न भएको छ ।
समिटमा दमकको होप चर्चमा दमक नगर इसाई समाजको सहकार्यमा दमकमा रहेका मण्डलीहरुबाट ४० जनाले सहभागीता जनाएको दमक इसाई समाजको अध्यक्ष एल्डर आकाश थुर्लुङले जानकारी दिनु भयो।
यस कार्यक्रममा वक्ताहरु अमेरिकाबाट क्रेग ग्रोस्चेल, लिजा टर्कस्ट, अल्बर्ट टेट र काठमाडौंका पास्टर शामूएल कार्थक हुनुहुन्थ्यो ।
उक्त सेमिनारमा मुख्यत संस्थागत जीवनचक्र , अगुवापनमा क्षमादान र विश्वसनीय अगुवापन साथै अगुवापनमा परिवर्तनको बारेमा सिकाइएको थियो।
कार्यक्रम पास्टर शामूएल सोदेम्बाले अन्तिम प्रार्थना गरि सम्पन्न गर्नु भएको थियो ।