११चैत्र,दमक,झापा/बेल्डाँगि ख्रिस्टियन फेलोशिप दमकको आयोजना तथा इमानुएल पेन्तिकोस्टोल चर्चको सहकार्यमा चैत १५ र १६ गते २ दिवसीय बाल सेमिनार कृपा फ्रि मेथोडिस्ट मण्डली दमक -३ मा हुने भएको छ ।
सेमिनारमा बालबालिकाहरूको आत्मिक उन्नति साथै आज्ञाकारी हुने बारे सिकाईने कार्यक्रम संयोजक पास्टर स्टेपन तामाङले बताउनुभयो।
यस कार्यक्रममा दमक र बेल्डाँगी गरि करिब १३० जना भन्दा बढी बालबालिकाहरुको उपस्थिति रहने आयोजकले जनाएका छन् ।
सेमिनारमा मुख्य विषय साना बाल-बालिका हरूलाई मकहाँ आउन देओ,तिनीहरूलाई नरोक,किनभने परमेश्वरको राज्य यस्तैहरूको हो” भन्ने रहनेछ।
शिक्षकहरुमा भारतको मिरिकबाट प्रतीमा राई र विराटनगर बाट युगल ठटाल रहने जानकारी दिइएको छ ।