२०७८ जेठ ०१, शनिबार
Close
कोशिश शिवाकोटी बिहिबार, चैत्र १९, २०७७    ७:५५:२८
दमक । करिव २८ करोडको लागतमा झापाको शिवसताक्षीमा अत्याधुनिक वाटर किङडम पार्क सञ्चालनमा आएको छ । झिलझिलेमा निर्मित पार्क सर्वसाधारणका लागि खुल्ला गरिएको हो ।
पार्कको विधिवत उद्धघाटन भने पछि गरिने सञ्चालक राजकुमार संग्रौलाले जानकारी दिनुभएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि सञ्चालनमा आएको अत्याधुनिक पार्क २ विगाह क्षेत्रफलमा फैलिएको छ । वाटर पार्क बनाउन करिब २ वर्ष लागेको सञ्चालक संग्रौलाले बताउनुभयो । उहाँका अनुसार पार्कभित्र होटल, रेष्टुरेन्ट, वार र क्यासिनो पनि सञ्चालनको तयारीमा छ ।
पार्कमा आउने पर्यटकका लागि आवश्यक पर्ने यी सुविधा यसै साता देखिनै पूर्णरुपमा सञ्चालनमा आउने संग्रौलाले बताउनुभयो ।
पूर्व क्षेत्रमै दोस्रोपटक साहसिक खेल ‘जिपलाइन’ पनि यहाँ सुरु भएको छ । प्रदेश १ को भेडेटार–धरानमा यसअघि यो खेल सुरु भएको थियो ।
झिलझिलेमा अवस्थित वाटर किङडम पार्क एण्ड रिसोर्ट प्रालिले ‘जिपलाइन’ अर्थात् डोरी मा झुन्डिएर खेलिने खेल सञ्चालनमा ल्याएको हो ।
प्याराग्लाइडिङपछि यो साहसिक खेल मानिन्छ । किङडम पार्कमा तीन प्रकारका साहसिक खेल ‘जिपलाइन’छन् ।
कम्पनीका प्रमुख राजकुमार संग्रौलाका अनुसार एक जना मात्र खेल्न मिल्ने गरी क्लासिक ‘जिपलाइन’, दुई जना एकै पटक खेल्न मिल्ने कप्पल ‘जिपलाइन’ र सुतेर अनि हात फिँजाएर खेल्ने सुपरम्यान गरी तीन प्रकारको साहसिक खेल रहेको बताइएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकहरूको आफ्नै रोजाइ र इच्छाका आधारमा ‘जिपलाइन’को मज्जा लिन सकिने गरी निर्माण गरिएको सञ्चालक संग्रौलाले बताउनु भएको छ ।
पार्कमा १ सय ३५ मिटरको लामो जिपलाइनका लागि डोरी झुण्ड्याइएको छ । जमिनको सतहदेखि ५८ मिटरको उचाइबाट करिब ३८ सेकेण्डमा एउटा जिपलाइन टावरबाट फिनिसिङ्ग लाइनसम्म पुग्न सकिन्छ । जिपलाइनका प्राविधिकका अनुसार झिलझिलेमा निर्माण भएको जिपलाइनले ८ हजार किलोग्रामसम्मको वजन सहजै थाम्न सक्छ । फ्रान्स र इटालीमा निर्माण भएका जिपलाइनका उपकरणहरू यस पार्कभित्र तयार गरिएको छ ।
सञ्चालक संग्रौलाका अनुसार चिल्ड्रेन पार्क, वाटर पार्क, पार्टी प्यालेस, सबै उमेर समूहका लागि स्वीमिङ्ग पुल, डान्स वाटर पार्क, आकर्षक गुफा लगायतका संरचना पार्कमा निर्माण भएका छन् । पार्कमा पर्यटकको आवासका लागि ४४ वटा कोठाहरू छन् । स्विमिङ्ग पुल, वेभ पुल, स्लाइडिङका ५ आइटम र सावर डान्स पनि पार्कभित्र छन् । पानीद्वारा सञ्चालन हुने संरचना भारतीय कम्पनीले निर्माण गरेको हो । वाटर पार्कभित्र भेज एण्ड नन भेज होटल रहने जनाइएको छ ।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com