नवराज कार्की, प्रहरी नायव उपरीक्षक, इप्रका दमक
नवराज कार्की, प्रहरी नायव उपरीक्षक, इप्रका दमक
यहाँ जसले जेसुकै भने पनि जब मानिसलाई सुरक्षाको अनुभूति हुन्छ, तब उसले भरपर्दो सुरक्षाको लागि प्रहरीको साथ खोज्दछ । आसपास र अगलबगलमा प्रहरी देख्दा पनि उसले सुरक्षाको अनुभूति गर्दछ । समाजको अमनचयन शान्ति सुव्यवस्थामा निर्भर रहन्छ । जनताको जीउ, धन र स्वतन्त्रताको सुरक्षा प्रत्याभूतिका लागि राज्यद्वारा प्रहरी संयन्त्रको निर्माण गरिएको हुन्छ । उत्तरमा इलाम, पूर्वमा माई खोला, दक्षिणमा भारतीय सीमा क्षेत्र र पश्चिममा मावा खोलाबीचमा शान्ति सुरक्षाको कमाण्ड सम्हाल्न नवराज कार्की आउनु भएको छ । कार्की यतिखेर इलाका प्रहरी कार्यालय, दमकका प्रहरी नायव उपरीक्षक (डिएसपी) हुनुहुन्छ । यस क्षेत्रको सुरक्षा चुनौति, सुरक्षा व्यवस्था, नागरिकस“ग प्रहरीको सम्बन्धका विषयमा आधारित रहेर प्रनाउ कार्कीस“ग यस साप्ताहिकका सम्पादक गणेश शिवाकोटीले गर्नुभएको कुराकानीको सारसंक्षेप प्रस्तुत छ :
प्रहरी सेवामा तपाईंको प्रवेश कहिले भएको हो ?
– २०६१ साल जेष्ठ १५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेको हु“ ।
आजकल कस्तो छ यहाको दिनचर्या ?
– सामान्य नै छ । अहिले खासगरी सवारी दुर्घटनाका घटनाहरूमा बढोत्तरी भएजस्तो देखिन्छ ।
दमकको सुरक्षा कमाण्ड सम्हालेको कति भयो ?
– अढाई महिनाजस्तो भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंबाट यहा“ सरुवा भएर आएको हु“ ।
प्रहरी सेवाको यो १७ वर्षको दौरानमा सबैभन्दा नराम्रो अर्थात् भनौं कठिनाई कहिले महसुस गर्नुभयो ?
– २०६३ सालको आन्दोलन चाहि“ मेरो व्यक्तिगत जीवनका लागि पीडादायी रह्यो, त्यसबेला म जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत थिए“ । ड्यूटीमा खटिने क्रममा मेरो बाया“ हात ड्यामेजजस्तो भयो । एक वर्षसम्म हात चलेन ।
अहिलेसम्म कुन–कुन ठाउ“मा रहेर काम गर्नुभयो ?
– मेरो पहिलो पोष्टिङ अञ्चल प्रहरी कार्यालय, धौलागिरीमा भयो । त्यसपछि जिल्ला प्रहरी कार्यालय बाग्लुङ, सशस्त्र प्रहरी गुल्म नं. ४ बाग्लुङ, त्यसपछि अपराध अनुसन्धान विभाग काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, त्यसपछि युएन मिसन अन्तर्गत १५ महिनाका लागि सुडान गए“ । त्यसपछि क्षेत्रीय प्रहरी तालिम केन्द्र, रानी विराटनगरमा ६ महिना, इलाका प्रहरी कार्यालय बेलाबारीमा १ वर्ष, इलाका प्रहरी कार्यालय उर्लाबारीमा ५ महिना, त्यसपछि प्रहरी प्रधान कार्यालय कानुन शाखामा २ वर्ष र २०६१ साल फागुनमा डिएपी भए“ । त्यसपछि महानगरीय प्रहरी वृत्त गौशालामा अनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा साढे तीन वर्ष कार्यरत रहेपछि भर्खरै इलाका प्रहरी कार्यालय दमकमा सरुवा भएर आएको हु“ ।
यहा“को विभिन्न भूगोलमा बसेर काम गरेको अनुभव छ, दमकको वसोवास कस्तो पाउनु भएको छ ?
– यहा“का वासिन्दाहरु अत्यन्त सचेत हुनुहुन्छ । चेतनास्तर निकै माथि भएको पाएको छु । सबैलाई कानूनका बारेमा जानकारी छ । हरेक कुरालाई चासोको साथ लिइन्छ ।
यहा“ आफैले अपराध अनुसन्धान गर्नुहुन्छ, सरकारी वकील कार्यालयमा मुद्दा बुझाउनु हुन्छ, पहिले जिल्ला प्रहरी कार्यालयमा बुझाएपछि त्यही“बाट तहकीकात, अनुसन्धान हुन्थ्यो । अहिले इलाकाको आफ्नै का“धमा त्यो जिम्मेवारी आएपछि बोझ भएको जस्तो लाग्दैन ?
– प्रहरीले हेर्ने कानुनले अख्तियारी गरेको फौजदारी मुद्दा सम्बन्धी ऐनको अनुसुची १ बमोजिमका मुद्दाको हामीले नै गर्ने हो । अनुसन्धान तहकीकातको कुरामा भन्दा पनि सदरमुकाम टाढा पर्ने भएकोले अभियुक्तलाई म्याद थप गर्न लगिरहनु पर्ने भएकोले त्यो चाहि“ कठिनाई भएको छ । लान र ल्याउन चाहि“ अलिक टाढा भयो ।
समाजका गलत तत्वस“ग लड्नका लागि फ्रन्टलाइनमा बसेर तपाईंहरु काम गरिरहनु भएको छ । राजनीतिक प्रेसर कत्तिको आउ“छ ?
– जुन विषय छलफलबाट टु“ग्याउनु पर्ने हुन्छ, त्यस्ता विषयमा हुनसक्ला । त्योभन्दा बाहेकका कुरामा कानुन बमोजिम नै हुन्छ । कसैले भनेको भरमा प्रेसरको भरमा काम गरिन्न । मैले अहिलेसम्म त्यस्तो फिल गरेको छैन ।
दमकको भूगोल हरेक कुराको एउटा ट्रन्जिट जस्तो छ । बाहिरबाट अपराध गरेर यहा“ समाजमा हेलमेल हुन कुनै समस्या नरहेको भनिन्छ, तपाईंहरुको अनुसन्धानमा त्यस्तो केसहरू पाउनु भएको छ कि छैन ?
– कतिपय केसहरु त्यस्तो भेटिएको छ । अपराध गरेर यहा“ आएर सेल्टर लिएर बस्ने गरेको नभएको होइन । तिनीहरुको पहिचान गर्न केही समय लाग्ने भए पनि तिनीहरुले उन्मुक्ति भने पाउन सक्दैनन् । हामीले त्यस्तो हुन सक्ने कुरामा निगरानी बढाएका छौं ।
संघीयता पनि प्रदेशमा खटिने प्रहरी संघ या प्रदेश कसको मातहतमा रहने भन्ने कुरा पनि आयो, यसले संगठनलाई कस्तो असर पु¥याउ“छ जस्तो लाग्छ ?
– यो चर्चामा आएकै कुरा हो । पोलिसी निर्माणको कुरा हो । लागू भैनसकेको हु“दा कसरी हेरिन्छ, त्यो संगठनले गर्ने कुरा हो ।
अपराध अनुसन्धानमा कस्तो खालको समस्या खड्किएको पाउनुहुन्छ ?
– कहिलेकाहि“ अभियुक्तको आइडेन्टिटीको समस्या हुन्छ । उसको ठेगाना, घर, आफन्त कोही पनि हु“दैन, बोल्दैन, बेवारिसे हुन्छ त्यो अवस्थामा उसको तीन पुस्ते खुलाउनु पर्ने हुन्छ, त्यस्तो बेला समस्या हुने गर्र्दछ ।
अहिले यो क्षेत्रमा कस्ता खालका समस्याहरु देख्नु भएको छ ?
– अहिले खासगरी टिपर दुर्घटनाका केसहरु देखिएको छ । टिपरस“ग मोटरसाइकल ठोकिने, अटो–सिटी ठोक्किने दुर्घनाका कुराहरू बढि देखिएको छ ।
टिपर दुर्घटना यस रुपमा बढिरहनुमा के–कसको कमजोरीजस्तो लाग्छ ?
– यो त कहिले मेकानिकल समस्याका कारण पनि हुनसक्छ । सवारी चालक अनुमति पत्र नलिएकाले चलाएको पनि हुनसक्छ । लाइसेन्स हु“दाहु“दै मापसे गरेर चलाएको छ भने पनि त्यस्तो हुनसक्ने स्थिति छ । अन्य सवारी चालकले ध्यान नदिदा पनि लापरवाहीका कारण, साइडलाइट नबाल्दाका कारण यस्ता घटना भएको देखिन्छ ।
टिपर चालकहरुलाई जति टिप लगाउ“छन्, त्यति कमाई हुन्छ भन्ने गरिन्छ, जसको कारण उछिनपाछिन गरेर धेरै टिप लगाउने ध्याउन्नमा बढी स्पिड हु“दा दुर्घटना हुने गरेको भनिन्छ नि !
– यस्ता कुराहरु पनि सुनिन्छन् । जब दुर्घटना हुन्छ तब यस्ता कुराहरु आउ“छन् । कहिले यसको बनावटको कुरा पनि आउ“छ । यो विषय एउटा अनुसन्धानको विषय पनि बनेको छ । दुर्घटना नियन्त्रणका लागि रिसर्च गर्नुप¥यो, मेकानिकल कारण हो कि ड्राइभरको कारण हो कि, सवारीको बनौटका कारण हो कि यसको निक्र्यौल भएपछि यसको न्यूनिकरण गर्न सकिन्छ जस्तो लाग्छ ।
दुर्घटना प्रायः तिव्र गतिका कारण नै हुने गरेको देखिएको छ । यसको निराकरणका लागि सवारीधनी (टिपरधनी) स“ग छलफल, अन्तक्र्रिया हुनसकेको छ ?
– अरु अरु ठाउ“मा त मैले त्यो गरेको छु । अब यहा“ पनि अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ । छिट्टै नै हामी उनीहरुस“ग छलफल गर्ने तयारीमा छौं ।
विगत केही दिनअगाडि दमकमै सिङ्गो घर भाडामा लिएर वेश्यावृत्ति गराउ“दै आएको भनेर केहीलाई रेस्क्यु, केहीलाई मुद्दा चलाइएको पाइयो । त्यस्तो हुञ्जेलसम्म पनि यहा“को संयन्त्रले थाहा नपाएकै हो ?
–थाहा नपाएर भन्दा पनि थाहा पाएर हामीले त्यो अपरेशन गरेका हौं । हाम्रा सादा पोशाकमा खटिएका प्रहरीले नै त्यो कुरा पत्ता लगाएर उनीहरुलाई हामी पक्राउ गर्न सफल भएका हौं । सब्जी मण्डीको ठीक अपोजिट एउटा घर भाडामा लिएर दुई जना महिलाले १७ वर्षदेखिका ३९ वर्ष उमेर समूहका ८ जना बालिका तथा महिलाहरुलाई बेश्यावृत्तिमा रहेको फेला पा¥यौं । रेस्क्यू गर्दा ८ जना थिए । विगत ३ वर्षदेखि नै त्यो घर वेश्यावृत्ति गराउने प्रयोजका लागि भाडामा लिएर सञ्चालन गर्दै आएका रहेछन् । सादा पोशाकका प्रहरीहरु परिचालन गरी हामीले पत्ता लगाएका हौं । यस्तो सुन्दर, सभ्य नगरीको बीच बजारमा त्यस्तो हर्कत भएको पाउ“दा हामी नै त्रसिद् भयौं । यत्रो तीन वर्ष अगाडिदेखि कसरी छिमेकीहरुले थाहा पाएनन् भन्ने कुरा पनि अर्थपूर्ण रहेको छ । यस विषयमा हाम्रो अनुसन्धान जारी छ । सोधपुछ गर्दा के देखियो भने दिनको वेश्यावृत्ति गराएवापत त्यही घरमा भए एक रातको पा“च सय रुपैया“ र बाहिर भए रातको दुई हजार रुपैया“ उनीहरूलाई सञ्चालिकाले दिने गरेका रहेछन् । सञ्चालिका महिलामध्ये एकजना महिला पथरी शनिश्चरे र अर्की महिला चुलाचुली इलामका रहेका छन् । वेश्यावृत्तिमा संलग्न गराइएका महिलाहरुलाई दुई महिना यहा“ राख्ने अनि दुई महिना अर्को ठाउ“मा स्थान्तरण गर्ने गरेको पनि बताइएको छ । त्यस विषयमा पनि हामी अनुसन्धान गरिरहेका छौं ।
वेश्यावृत्तिमा लागेकाहरुको पारिवारिक अवस्था चाहि“ यहा“ले कस्तो पाउनुभयो ?
– उनीहरु पारिवारिक विखण्डन भएका कारण, आमा अर्कोस“ग गएको, बाबुले अर्की बिबाह गरेको आर्थिक अवस्था कमजोर रहेको उनीहरुले बताएका छन् । कोही कोही साथी भाइको लहैलहैमा लागेर, उमेर अलिक बढी भएकाहरु घरायसी अवस्था कमजोर, परिवार पाल्नु पर्ने अवस्थाका कारण आफू स्वेच्छाले यस्तो धन्दामा लागेको उनीहरुले बताएका छन् ।
रेस्क्युपछि अहिले उनीहरुलाई कस्तो अवस्थामा राखिएको छ ?
दुई जना सञ्चालिका माथि मानव वेचविखनको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ भने, आठ जनालाई परिवारको जिम्मा लगाइएको छ ।
यहा“को कार्य क्षेत्र भारतस“ग सीमा जोडिएको छ, यस्तोमा आपराधिक चलखेलका घटनाहरु बढ्ने गरेका छन् कुन रुपमा हेर्नुभएको छ ?
– नेपाल प्रहरीले त्यसको निम्ति सजगता अपनाएको छ । सम्भावित स्थानहरुमा सादा पोशाकका प्रहरीहरु परिचालन गरिएको छ । बोर्डर इलाकाहरु हाम्रो सुरक्षा योजनामा पनि पर्दछ । तत्कालै त्यस्ता क्षेत्रमा ब्लक गरेर कारबाही गर्दछौं । सुरक्षाका लागि प्रहरी सदैव स्ट्याण्डबाई छ ।
यतिखेर बालबालिकाहरु बलात्कार लगायतका अपराधमा बढी संलग्न भएको पाइन्छ, किन होला ?
– एउटा पारिवारिक पृष्ठभूमिका कारण पनि हुन्छ । अर्को कुरा अहिले फेसबुक, समाजिक सञ्जालको दुरुपयोगका कारण, साथीभाइको लहैलहैमा र साथीभाइको देखासिकीमा पनि यस्तो हुने पाइएको छ ।
अहिले पूर्व क्षेत्रतिर विशेष गरी लागूऔषधको कारोबार बढेको छ, दिनहु“जसो पक्राउ पर्ने क्रम जारी छ । यसरी हेर्दा यसको कारोबार झन डरलाग्दो छ जस्तो लाग्दैन ?
– हाम्रो यो दमक क्षेत्रमा लागूऔषधको व्यापार, कारोबारलाई तहसनहस बनाएका छौं । विगतमा वर्षमा लागूऔषधको १५ वटा केस दर्ता हुन्थ्यो भने अहिले म आएको डेढ महिनामै १५ वटा मुद्दा दर्ता गरेका छौं । यो केस कस्तो भने लागुऔषध कारोबार गर्ने डिलरहरुलाई मात्र नापजोख गर्ने डिजिटल मेसिनसहित पक्राउ गरेर मुद्दा चलाएको संख्या हो ।
फेरि पनि कोरोनाको संक्रमण बढेको छ, यहा“को तर्फबाट के सुझाव दिन चाहनुहुन्छ ?
– निश्चय नै अहिले विश्वमा कोरोना संक्रमणको महामारी पुनः बढेको छ । सबैले सावधानी अपनाउनु जरुरी छ । मैले कोभिड ‘नो–भिड’ भन्ने मूलमन्त्रलाई सबैले पालना गर्न आग्रह गर्न चाहन्छु । सामाजिक दूरी कायम राखौं, माक्सको प्रयोग गरौं । भिडभाडमा नजाऔं भन्न चाहन्छु ।
अन्त्यमा यहा“का नागरिकलाई केही भन्न चाहनुहुन्छ कि ?
– प्रहरी भनेको जनताको सेवक हो । समस्या नपरी कोही पनि प्रहरीमा आउ“दैन । आफूलाई परेको समस्या नहिच्किचाई सिधै मकहा“ लिएर आउनु होला । विचौलियाको विश्वासमा नपर्नुस्, उसले मिलाई दिन्छु, यति पैसा खर्च गर्नुपर्छ भनेर भन्न सक्छन् । विचौलिया दलालको भरमा नपर्नुहुन अनुरोध गर्न चाहन्छु । साथै कुनै पनि घटना, अपराधको सूचना हामीलाई दिएर एक सुन्दर समाज स्थापना गर्ने हाम्रो प्रयत्नमा हातेमालो गरेर अघि बढौं भन्न चाहन्छु ।