२०७८ साउन १७, आइतबार
Close
मोनित महर्जन बिहिबार, चैत्र २६, २०७७    १५:४१:१६

सरस्वती सुब्बा पूर्वाञ्चल दमकको सौन्दर्य कलाको लागि नयाँ नाम होईन । २ दशक भन्दा बढी समय बिताई सकेकी सरस्वती सुब्बा अझै पनि यसै क्षेत्रमा सक्रिय छिन् । उनले कारीब १५ बर्षभन्दा अघिबाट मोर्डन ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको नामबाट ब्यवसायिक पार्लर ब्यबसाय सुरु गरेकी थिइन्, अहिले यो नाम स्थापित र परिचित नाम बनिसकेको छ । सुरुवाती समयमा निकै कठिन परिस्थितिमा आफूले काम गर्न परेको अनुभब सुनाउँदै उनि भन्छिन्– “त्यो बेला अहिले जस्तो सजिलो थिएन्, निकै थोरै मानिसहरुमा मात्र आफ्नो सौन्दर्य र आफूले गर्न पर्ने हेरचाह प्रति सजक थिए । आफ्नो अनुहार, हात खुट्टा, कपाललाई पनि स्याहार गर्नु पर्छ अनि दिनभरिको घाम, धुवाँ–धुलोले आफ्नो शरिरको छालालाई पर्ने असरको बारे पनि धेरैलाई त्यस्तो ज्ञान थिएन । तर अहिलेको समय त्यस्तो छैन धेरै बुझेका छन । अहिले राम्री हुनलाई मात्र हैन आफ्नो स्वास्थ्यको लागि पनि मानिसहरु पार्लर आउने गर्दछन । अझ अहिले यो सञ्चारको सहज पहँुचले गर्दा त सेवा लिना आउने ग्राहक यति जानकार छन् कि कति त हामी आउने ग्राहकबाट सिक्छौ भने कति नयाँ प्रबिधि र प्रोडक्टको बारे त हामीलाई भन्दा आउने ग्राहाकलाई थाहा हुने गर्छ ।”


अहिलेको बद्लिदो समयमा निकै धेरै नयाँ प्रबिधि अनि सौन्दर्य सामग्रीहरुको बिकास भएको र यो व्यवसाय अनि सौन्दर्य कलामा पनि धेरै नयाँ कुराहरु रहेको उनि बताउँछिन् । नयाँ प्रबिधी र कलाको बिकाससँगै आफू पनि अघि बढिरहेको र आफ्ना ग्राहकहरुलाई आफूले सन्तुष्ट राख्न सकेकोमा उनि खुशी छिन् । सरस्वती सुब्बाले मोडर्न ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर मार्फत हालसम्म हजारको हाराहारीमा प्रशिक्षण दिईसकेकी छिन् । अहिले यो क्षेत्र, व्यवसायमा निकै धेरै आकर्षित गरेको छ र आफूले पनि सोही अनुसार आफ्नो व्यवसायलाई परिमार्जित गर्दै आइरहेको उनि बताउँछिन । आगमी दिनमा पनि निरन्तर गुणस्तर सेवा दिनका लागि आफू प्रतिबद्ध रहेको पनि उनले बताएकी छिन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com