चञ्चला सुब्बा, संयोजक, लिड नेपाल
तेस्रो लिंगी, यौनिक अल्पसंख्यकको क्षेत्रमा क्रियाशील रुपमा लामो समयदेखि झापालाई आफ्नो कार्यक्षेत्र बनाई संघर्षरत चञ्चला सुब्बा यस क्षेत्रमा स्थापित नाम भइसकेको छ । ब्लू डाइमण्ड सोसाइटीको शाखाको रुपमा लिड नेपालको झापा जिल्ला कार्यक्रम संयोजक रहेर चञ्चला सुब्बा सक्रिय हुनुहुन्छ । समाजमा आफ्नो समस्यालाई लुकाएर पीडित भएर बसेकाहरूलाई पीडा लुकाएर नबस्न सल्लाह दिने चञ्चला व्यस्त दिनचर्यामा रहनुभएकी चञ्चला सुब्बासँग रेडियो झापा तथा सनसनी साप्ताहिकका लागि सम्पादक गणेश शिवाकोटीले गर्नु भएको कुराकानीको सार संक्षेप प्रस्तुत छ ः–
आफ्नो परिचय कसरी दिन चाहनुहुन्छ ?
– हामी आफूलाई चिनाउँदा अलिक फरक तरिकाले चिनाउँछौं । तपाईंहरु परिचय दिनुहुँदा रामबहादुर पुरुष, वा फलानो महिला भनेर परिचय दिनेगर्नु हुन्छ । हामी चाहिँ परिचय दिँदा कोही समलिंगी छन् भने समलिंगी, तेस्रो लिंगी छन् भने तेस्रो लिंगी भनेर चिनाउँछन् । म पनि आफ्नो परिचय दिँदा तेस्रो लिंगी महिला चञ्चला सुब्बा, लिड नेपालको झापा जिल्ला संयोजक भनेर चिनाउन चाहन्छु ।
अन्य महिला पुरुषभन्दा फरक भएकोले हामीले परिचय दिँदा तेस्रो लिंगी भनेर परिचय दिने गरेका छौं ।
तपाईको वास्तविक नाम चञ्चला नै हो ?
(हाँस्दै) मेरो वास्तविक नाम पछि आएर चञ्चला राखेको हो । वास्तविक नाम चाहिँ मेरो पुरुषको नाम चक्र लिम्बू हो । परिवर्तित भएपछि चञ्चला सुब्बा भनेर चिनाउँदै आएकी छु ।
भनेपछि तपाईंले लिंग परिवर्तन गर्नुभएको हो ?
– हजुर हो ।
कति वर्षको उमेरमा के सोचेर लिंग परिवर्तन गर्नुभएको हो ?
– म महिला पुरुषभन्दा अलिक फरक छु र आफूले आफूलाई अन्यमा राखेको अवस्था थियो । पछि मैले यो कुरा थाहा पाएपछि अब आफूलाई चेन्ज गर्नुपर्छ भन्ने लाग्यो र ६–७ वर्षअगाडि मैले लिंग परिवर्तन गरेकी हुँ । म कलेज लेभलमा व्याचलरपढ्दै थिएँ । ब्लु डाइमण्ड सोसाइटीको मार्फत म यो संस्थामा लिंक भएँ, पढाई पनि पूरा हुन सकेन ।
तपाईं कस्तो परिवारबाट हुनुहुन्छ ? अनि तपाईलाई आफ्नो परिवारले कसरी बुझेको छ ?
– अरुले हेर्दा मलाई एकदम सम्पन्न परिवारको होला भन्ने सोच्छन्, तर म एकदमै गरीव परिवार, किसान परिवारमा हुर्किएको हुँ । म ११ वर्षको हुँदा बुबा, ममी बित्नु भएको हो । त्यही भएर मैले आफै संघर्ष गरेर यहाँसम्म आएकी हुँ । अहिले आएर परिवार र समाजको बुझाईको स्तर पनि बढ्दो छ । तर सबै परिवार एकै स्तरका छैनन् ।
तपाईंको जन्मस्थान चाहि“ कहा“ हो ?
– मोरङको ववियाविर्ता, अहिले रंगेली हो ।
यो संस्थामा कहिले आवद्ध हुनुभएको छ ?
– परिवर्तनशील समाज पनि ब्लु डाइमण्ड सोसाइटीको एउटा ब्रान्च हो, जसको कार्यालय विराटनगरमा थियो । २००८ मा म त्यहाँ आवद्ध भएको हो । व्लु डाइमण्ड सोसाइटीले विभिन्न ठाउँमा शाखाहरू राखेर जनचेतनामूलक कार्यक्रम गर्ने भयो । त्यसपछि दमकमा कार्यक्रम संयोजक भएर म विराटनगरबाट यहा“ आएकी हुँ ।
व्यक्तिगत तपाईंको दिनचर्या चाहिँ कसरी बितिरहेको छ ?
– सामान्य रुपमा नै बितिरहेको छ । तपाईहरु जसरी दिन बिताउनु हुन्छ, त्यसरी नै । अफिस गयो, गोष्ठिी, सेमिनार मिटिङहरूमा सहभागी भयो । त्यसरी नै दिनचर्या बितिरहेको छ ?
यो ब्लु डाइमण्ड सोसाइटी कस्तो खालको संस्था हो ? यसले के–के काम गर्छ ? बताइदिनुहोस् न ।
– यसको हेड अफिल काठमाडौं, धुम्वाराहीमा छ । यसको शाखाको रुपमा दमकमा लिड नेपाल रहेको छ । २०६६ सालमा यो शाखाका रुपमा दर्ता रहेको छ । यसले एचाआईभी एड्स, यौन स्वास्थ्य, प्रजननको क्षेत्रमा काम गर्दै आइरहेका छौं । एलजीवीटीआईक्यूलाई फोकस गरी कार्यक्रम गर्दै आएका छौं ।
तेस्रो लिंगी पनि अरु जस्तै मानिस हुन् भन्ने बुझाई समाजमा कत्तिको पाउनु हुन्छ ?
बुझाइकोस्तर विभिन्न छ । कसैले बुझ्नै चाहदैनन् । कसैले अलिअलि बुझेका छन । कसैले बुझेर बुझ पचाउ“छन । तर, अहिले बिस्तारै–बिस्तारै बुझ्दैछन् । पहिले आफ्नै सुमदायको पनि पहिचान थिएन, सोसाईटी स्थापना भएपछि परक किसिमको लैङ्गिक अभिमुखिकरण र फरक किसिमको लैङ्गिक पहिचान सम्बन्धि विभिन्न तालिम भए सुचना आदान प्रदान गर्ने र अनुभवहरु ग्रहण गर्ने वातावरण बन्यो ।
हामीले आफनो मुद्दालाई राम्ररी बुझ्यौँ तर, अरुले त्यति गहिरीएर बुझेका छैनन् । राम्ररी बुझ्न त उनीहरुसँग उठ बस र अन्तरक्रिया गर्नु पर्दछ । तेस्रो लिङ्ग प्रकृतिसँग जोडिएको कुरा हो । समलिङ्गि र दुई लिङ्गि भन्ने कुरा कत्ति बुझ्ने भन्ने व्यक्तिको व्यक्तिगत कुरा पनि भयो ।
नया“ संविधानले यहा“हरूको के कस्ता माग समेटेको छ ?
अहिले संविधानमा तेस्रो लिङ्गीको पहिचान, समनाता र संलग्नताको व्यवस्था छ । तर, यो सम्बन्धी कानुन अझै बनेको छैन । हामीले हाम्रो अस्तित्व र पहिचानको कुरा उठाउ“दै आएका थियौं । त्यो संविधानमा समावेश भएको छ तर, कानून बनेका छैनन् ।
त्यस्तै हामीले विभिन्न निकायमा हाम्रो सहभागिताको कुरा उठाउ“दै आएका छौं । हामीले आत्मसम्मान हुने खालको लंैङ्गिक पहिचान दिने र अन्य विभेद हटाउने कुरामा पनि जोड दिदै आएका छौं । पुरुष र महिलाले परिवारदेखि सबैतिर जे जस्तो स्थान र सम्मान पाएका छन् तेस्रो लिङ्गीले पनि त्यही रुपले अधिकार र सम्मान पाउनु पर्दछ भन्ने हो ।
निकट भविष्यमा राष्ट्रिय जनगणना हु“दैछ, लैंगिक अल्पसंख्यकहरुको सहभागिता कस्तो रहने छ ?
– यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरु हाम्रा छाता संगठनहरु छन् । कसरी सहभागिता बढाउने भन्ने विषयमा हामी जागरुक छौं । म स्वयं पनि सक्रिय रुपमा गाउ“–गाउ“मा गएर काम गर्नेछु ।
सृष्टि सिर्जना गर्नुपर्छ, वंश चलाउनुपर्छ भन्ने परम्परा छ, तपाईंहरुलाई कस्तो लाग्छ ?
आफ्नो इच्छाले मात्र नभएर यो प्राकृतिक कुरा हो । परम्पराको कुरा गर्दा त सडकमा, बेवारिसे बालबालिकाहरु पनि छन् । उनीहरुलाई एडप्ट गरेर, उचित शिक्षा दिक्षा दिएर पनि यो कुरालाई निरन्तरता दिन सकिन्छ भन्ने लाग्छ ?
तपाईंको व्यक्तिगत कुरा गरौं है, चञ्चला जीले बिबाह गर्नुभयो ?
– अहिलेसम्म छैन । अब चाहि“ गर्नुपर्छ होला ।
सोचाई छ ?
– सोचाई त कसको हु“दैन होला । सपना त हुन्छ नि, मेरो पनि एक दिन बिहे होला । तर, हामीहरुको चाहि“ सपना पूरा हु“दैन होला । सपना देख्दा पनि पुग्ने सपना देख्छु, नपुग्ने सपना चाहि“ देख्दिन । तर पनि एक दिन लगन जुर्ला भन्ने लागेको छ । धेरै जनाको विवाह गराएको पनि छु । हाम्रो समाजमा चाहि“ बसुञ्जेलको माया मोह जस्तो लाग्छ । स“गै रिलेसनसीपमा बस्ने गरेका छन् ।
समय दिनुभएकोमा धन्यवाद ।
– हस् धन्यवाद ।।