नेपाल जस्तै स्वतन्त्र राष्ट्र सिक्किम । अर्थात सिक्किमेहरुको सिक्किम अहिले भारतको सिक्किम बनेको छ । संसद र सरकारको नाममा मुलत जननिर्वाचित प्रधानमन्त्री लेन्डुप दार्जेको संलग्नता र सहयोगमा विश्व मानचित्रमा स्वतन्त्र राष्ट्रको अस्तित्वमा रहेको सानो सुन्दर देश सिक्किम भारतीय प्रान्त वनाइएको कुरा संसारका सवै सचेत नागरिकलाई राम्रोसँग थाहा छ ।
विश्वमै कहिल्यै कसैको दासत्व स्वीकार नगर्ने देश, स्वतन्त्र देश भनेर विस्तारवादीहरुले नै प्रचार गर्दै अर्धउपनिवेश वनाएर चाहना पूर्ति गरिरहे । यसैक्रममा पछिल्लो पटक नेपाली लेन्डुप दोर्जे भनेर नेपाली समाजमा चिनिने, लेण्डुप दोर्जे जसले सिक्किम वेचेको थियो उसको पर्याय गिरिजाप्रसाद कोइरालाले आफ्नो सरकार, पार्टी, अन्य राजनीतिक दल कसैले थाहा नै नपाई ०६४ साल फागुन १६ गते मध्यरातमा विस्तारवादीहरुको योजना अनुसार नेपाल टुक्र्याउन सहमति जनाए । कुनैपनि आन्दोलनको एजेण्डा नबनेकोे, जनचाहना विपरितको नेपालीपन र नेपालीमन विपरित भारतीय एजेण्डा मधेशको लेपन लगाई आएको एजेण्डा ‘संघीयता’ सँगै स्वतन्त्र मधेश भनी सहमति जनाए ।
भारतको पञ्जावका वासिन्दालाई पञ्जावी असमका वासिन्दालाई असमी, सिक्किमवासीलाई सिक्किमे, विहारवासीलाई विहारी, राजस्थानीवासीलाई राजस्थानी, मणिपुरवासीलाई मणिपुरे, वंगालवासीलाई वंगाली, नागालैण्डवासीलाई नागा भनेझै भारतको मध्यप्रदेश अर्थात मध्यदेशका वासिन्दालाई मधेशी भनिन्छ । नेपालमा मधेश छैन, तर जर्वजस्त थोपरिएको हो । हिमाल, पहाड, तराई छ । रातोरात नेपालको तराईलाई मधेश र प्रदेश भन्दै आन्दोलन गराइयो नेपालको तराईमा । जहाँको जनसंख्या भन्दा तीनगुणा वढी अपरिचित अनुहार आयत भए । राष्ट्र निर्माता पृथ्वीनारायण शाह, राष्ट्रवादी राजा वीरेन्द्र, आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटाका सालिक भत्काइए । माओवादी नेता राम कार्कीलाई कथित मधेशको नाममा आगोलगाउन लहानमा प्रयोग गरियो । माओवादीले सहयोग ग¥यो एजेन्सीको निर्देशनमा । राष्ट्रिय झण्डा जलाउन थालियो । तर्राइका विभिन्न क्षेत्रमा स्वतन्त्र मधेश राष्ट्र भनेर लेख्न लगाइयो । नेपाल र नेपाली विरोधी नारा लगाउन लगाइयो । पेइङ्गरोलमा रहेका व्यक्तिबाट देशको नाम फेर्ने कुरा उठाउन लगाइयो । सुरक्षाकर्मीका कैम्प जलाउने, मार्ने काम शुरुभयो । वाध्य भएर आफ्नो रक्षाका लागि हवाईफायर टियर ग्याँस चलाउँदा केही उच्छृंखल व्यक्तिहरु मरे । अनादिवासी नेपाली समुदायलाई पहाडिया भन्दै कुट्ने पिट्ने चेलीवेटीलाई वलात्कार गर्ने, अपहरण गर्ने, सम्पत्ति कव्जा गर्ने एवं कथित भूमिगत समूहका नाममा गोलीप्रहार गर्नलाउनेकाम गराइयो वाहिरिया एजेन्सीको सहयोगमा ।
यता गिरिजाप्रसाद कोइरालालाई रातोरात विदेशी एजेन्सीका अधिकारीले भेटेर ‘आपको ऐतिहासिक राष्ट्रपति वनाएगें, आपकी वेटीको पीएम वनाएंगे, कितना चाहिए उससे जायादा देगें’ भनेर नेपालको इतिहासमा २०६४÷११÷१६ गते स्वतन्त्र मधेशको सम्झौता गराइयो । सेनामा सामुहिक मधेशी पल्टन हुल्ने लगायत देशलाई टुक्रयाउने विधिवत योजना अनुसार ८ वुँदे राष्ट्रघाती सम्झौता भए । विधिको विडम्वना एजेन्सीले ललीपप दिएर व्यक्तिगतरुपमा आफूलाई मात्र होइन नेपाल र नेपाली विरोधी कार्य गराइएको भनी महसुस भएपछि आत्मा ग्लानी भई गिरिजाप्रसाद कोइराला त्यही शोकले मरे । गिरिजालाई जसरी नैलेण्डुप दोर्जेलाई पनि विभिन्न सिक्किम र सिक्किमे विरोधी सम्झौता गराउँदै केही समयपछि स्वतन्त्र सिक्किमलाई भारतमा विलय गराइएको थियो ।
एजेन्सीकै इशारामा रौतहट घटनामा दर्जनौ नेपाली नागरिकलाई बलात्कार गरी, काटेर, कुटेर हत्या गरिएको थियो, केही वर्षअगाडि । पछिल्लो पटक एजेन्सीकै इशारामा चल्ने राजनीतिक दलका खोल ओढेका कांग्रेसका अमरेश सिंह, संघीय फोरमका उपेन्द्र यादव र सद्भावना नाम गरेका दुर्भावना प्रेमी राजेन्द्र महतो कैलाली पुगेको एक हप्ता पछि एसएसपी लक्ष्मण न्यौपाने सहित ८ प्रहरी र १ वालकको कैलाली टिकापुरमा हत्या गरियो कथित थरुहट आन्दोलनका नाममा । ५० सौ प्रहरीलाई घाइते वनाइयो । केहीको अवस्था गम्भीर छ । सोमबार मध्यान्ह प्रहरीको हत्या गरेपछि त्यहाँ सेना परिचालन भएको छ ।
तीन जना कथित मधेशी नेता भनिने बाहिरिया एजेन्सीको इशारामा चल्ने व्यक्तिहरुले कैलालीमा गएर पहाडीयाहरुलाई तराईबाट लखेट, हतियार उठाउ, के सहयोग चाहिन्छ हामी दिन तयार छौ भनी आतंककारी, पृथकतावादी भाषण गरेथे, त्यसको भिडियो रकर्ड संसदलाई गृहमन्त्री वामदेव गौतमले सार्वजनिक रुपमा बुझाइसकेका छन् ।
यी पृथकतावादीहरुले नेपाली अनादिवासी समुदायलाई प्रहार गर्नु तराईबाट खेद्नु, भनेपछि उनीहरुकै इशारामा ९ प्रहरी र १ निर्दोष प्रहरीको वच्चाको हत्या गरियो । गौर घटना जस्तै आततायी हत्या गरियो । प्रहरीका दुई वर्षे बालकलाई समेत गोली ठोकेर मारियो । निर्दोष प्रहरीलाई जलाएर मारियो । आतंककारी पृथकतावादीले दर्जनौ प्रहरीलाई घाइते वनाउँदा प्रहरीका प्रथमश्रेणीका अधिकृतले सम्झाउन लाग्दा भालाले छेडेर, छुरी हानेर गुलेली प्रहार गरेर जिउँदै जलाएर उनीहरुको हत्या गरिनुका पछाडि गम्भीर कारण हुन सक्छ । प्रहरी हत्या पश्चात नेपाली समुदायको घरघरमा पसेर कथित आन्दोलनकारीका नाममा नेपाल विरोधी पृथकतावादी, वाहिरी एजेन्सीको सहयोगमा चलेकाहरुले ‘पहाडिया चोर तराई छोड’ नारा लगाउँदै आतंक मच्चाए । केही अघि एजेन्सीले जन्माएको हुर्काएको कागज गराएर १२ वुँदे गराई नेपाल छिराएको एक पार्टीका आजन्म अध्यक्ष प्रचण्डले पनि क्षेत्री, वाम्हण, ठकुरी, सन्यासी समुदाय विरुद्ध उत्रिन उनीहरु माथि प्रहार गर्न सार्वजनिक अभिव्यक्ति दिएपछि उपत्यकामा अराजकता मच्चिएको थियोे । यो मुलुकको लागि दुर्भाग्य हो । यो नेपाली र नेपालको लागि विडम्वना हो ।
रातोरात नेपालका राजनीतिक दलहरु भारतीय गुप्तचर संस्थाका पछि लागे । जसलाई राष्ट्रवादी भन्यो त्यही घातक भएर निस्कियो यहाँसम्म कि चित्रबहादुर केसी र नारायणमान विजुक्छेले ‘रअ’ को समन्वयमा नेपालका माओवादी नेतालाई भारतको सिलिगुडीमा गएर भेट्ने गरेका घटनाले उनीहरुको किथत राष्ट्रवादी लेपन समेत छरपस्ट भएको छ । विजुक्छे त ‘रअ’ ले हिन्दीमा पेन्सीलले ड्राफ्ट गरेको कथित १२ वुँदेका हस्ताक्षर कर्ता हुन् । यस्ता कति वुँदेमा उनले समेत हस्ताक्षर गरेका छन् त्यो सार्वजनिक हुने नै छ । तर त्यति बेला देश हाम्रो रहने छ वा रहने छैन ? अथवा नेपालीको नेपाल रहन्छ वा रहँदैन भन्न सकिन्न ।
विगतका चुनावहरुमा यी पृथकतावादीहरुले भारतीय हिन्दुपार्टी र समुह तथा व्यक्तिबाट हिन्दुत्वको रक्षाका लागि लड्छौ भनेर करोडौ खाएका थिए । अहिले विदेशी एजेन्सीको निर्देशनमा कथित धर्मनिरपेक्षताको वकालत गर्दैछन् । तर पनि राष्ट्रवादी तराइवासीले यिनीहरुलाई वहिस्कार गरेका छैनन् । यिनीहरुका अराष्ट्रिय चरित्र नाङ्गेझार पारेका छैनन् ।
संघीयता भनेको उपनिवेशबाट मुक्ति हुँदा अपनाइन्छ भारतीय अर्ध उपनिवेश भएपनि नेपाल घोषित रुपमा कसैको उपनिवेश कहिल्यै भएन । राष्ट्रवादी राजनेता विशेश्वरप्रसाद कोइारालले भारतको यही रवैया देखेर ल्भउब िष्क लयत ब लबतष्यल, ष्त ष्क यलथि बमmष्लष्कतचबतष्खभ गलष्त भनेर एक पटक भनेका थिए । भारतको प्रशासनिक इकाई जस्तो भएर रहनु पर्ने वाध्यता भएको तितो सत्य कोइरालाले पोखेका थिए ।
हाम्रो विकासका लागि एउटा बाटो, एउटा योजना भारत वाहेक अरुले गर्दा भारत रिसाउने, नयाँ प्रधानमन्त्रीले पहिलो भारत भ्रमण नगर्दा रिसाउने, आफूलाईचाहिने एउटा जहाज र हतियार किन्दा नाकावन्दी गर्ने संसारका अधिकांस मुलुकले शान्ति क्षेत्र घोषणा गर्दा रोटी वेटीको नाता भएको भारतले विरोध गर्ने, नेपालको तराईलाई मधेश वनाएर नेपाल र नेपाली माथि प्रहार गर्ने, नेपालको राष्ट्रिय अस्मितामाथि प्रहार गर्ने भारतले हालै हाम्रो कालापानी लिपुलेक माथि चीनसँग गरेको सम्झौताले पनि उसको नियत प्रष्ट पार्छ । रौतहटको सीमाबाट सुरक्षाकर्मीलाई गोली प्रहार गरी मधेश र प्रदेशको नाममा विहारीहरु नेपाल आएर सुरक्षाकर्मी मार्ने, सुरक्षा कैम्पमा आगो लगाउने काम निर्वाध रुपमा भइरहेको छ । यो मधेश, प्रदेश, कथित संघीयताका नाममा हुँदैछ । भोली मुलुक संघीयतामा गइसकेपछि अहिले छ÷सात प्रदेश भनेपनि दर्जनौ प्रदेश मात्र होइन नेपाल राष्ट्र नै छियाछिया हुनेछ । त्यसपछि आत्मनिर्णयको अधिकार राष्ट्रसंघको मध्यस्थता तथा जनमतसंग्रहको नाममा नेपाल टुक्राटुक्रामा विभाजित गराउने भारतीय योजना अनुसार रातोरात नेपालमा संघीयताको विदेशी विउ विदेशीहरुले रोपेका हुन् । जुन दिन जनचाहना विपरित विदेशी ललीपपका भरमा नेपाली लेण्डुपदोर्जे गिरिजाप्रसाद कोइरालाले २०६४ फागनु १६ गते स्वन्त्र मधेश भनेर सम्झौता गरे, संघीयताको विदेशी एजेन्डालाई लालमोहर लगाए त्यही दिन नेपाल आमाको छाति चिरियो । देश विभाजनको श्रृंखला शुरु भयो । अहिले राष्ट्रिय झण्डाको धोती लगाएर कैलालीमा एसएसपी सहित ८ प्रहरी र एक बालकलाई जिउँदै आगो लगाएर पोले, भालारोपेर, गाली ठोकेर हत्या गर्नु अनि आतंककारी तर्फ ठेस समेत नलाग्नुबाट सवै कुरा प्रष्ट हुन्छ ।
तत्काल साम्य, उग्र वा उग्र साम्य या सहमति, सम्झौता आदि नाटकहरु मञ्चन हुँदै गएपनि वा अराजकता वढ्दै गएपनि घाम झै सत्य छ, भारतीय चाहना अनुसार आएको कथित संघीयताले नेपालको राष्ट्रियता चिर्छ चिर्छ । संविधान जारी हुन लाग्दा पालैपालो एजेन्सीको तालमेलमा कथित नेता भनाउँदा किन धाम पुगेर आए ? आतंककारी घोषित माओवादी नेपालमा भारत विरुद्ध सुरुङयुद्ध गर्ने भनेर निर्दोष नेपाल आमाका छोराछोरी मराउँदै एजेन्सीको प्रायोजनमा भारतमा वसेर कसरी मोज गर्दै थिए । कसरी माधव नेपाल, गिरिजा, रामचन्द्र, शेरबहादुर, विजुक्छे, चित्रबहादुरहरुलाई दिल्ली, लखनउ, गोरखपुर, सिलिगुढी, वैंककमा प्रचण्ड–बाबुरामसँग संयोजन गराए । भारत विरुद्ध नजाने र जेजे भन्यो मान्ने भनेर यिनीहरुले एजेन्सीसँग केके कागज गरे ? त्यसैको परिणाम क्रमशः देशले भोग्दैछ । के यसैकारण संघीयता आयात भएको हो ? कसरी भन्न सकिन्न देश विसर्जनका लागि विदेशीले थोपरेको हो संघीयता भनेर ?