२०७८ कार्तिक ०८, सोमबार
Close
रेडियो झापा 100.7 MHz. बिहिबार, बैशाख ०२, २०७८    १७:५०:०२

 

विराटनगर, २ वैशाख । प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८, सुनसरीमा ६, झापा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा ८, सुनसरीको इटहरीमा ३, देवानगञ्ज, बर्जु र धरानमा १–१, झापाको कमल गाउँपालिकामा १ र प्रदेश १ बाहिरका १ जना रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ५३२ पुगेको छ । संक्रमित मध्ये २९ हजार ८७० संक्रमणमुक्त भएका छन् । १९५ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज १६७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८ महिला र ८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३४ हजार १६१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com