२२ भाद्र, इलामको चुलाचुली गाउँपालिकामा ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा ५४ औँ अन्तराष्ट्रिय साक्षरता दिवस भव्यताका साथ मनाईएको छ । चुलाचुली गाउँपालिकाको आयोजनामा भएको कार्यक्रमा गाउँपालिकाको शिक्षा क्षेत्रमा लामो समय देखी योग्दान दिईरहेका सामाजिक व्यक्ति तथा एस.ई.ई. मा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पालिका उपाध्यक्ष निर्मला दाहल, पालिका प्रमुख प्रसासकीय अधिकृत काजिमान राई, वडाध्यक्षहरु, पालिका भरी रहेका डेढ दर्जन विद्यालयका प्र.अ., वि.व्य.स. अध्यक्ष, शिक्षक तथा विद्यार्थी लगायत सामाजिक सरोकारवालाहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा चुलाचुली गाउँपालिकामा रहेका ४ विद्यालयका महिला प्रध्यानाध्यापकहरुलाई दोसाल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसैगरी यही साल सेवानिवृत्त भएर विदाई हुने ४ जना शिक्षहरुलाई पनि सम्मान पत्रले सम्मान गर्दे विदाई गरिएको थियो । त्यस्तै गाउँपालिकामा रहेका विद्यालयको विकाश र विस्तारको लागि सहयोग पुर्याउने २ विद्यालयका व्यवस्थापन समिती अध्यक्षहरुलाई पनि दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसैगरी ०७५ सालको एस.ई.ई. मा उत्कृष्ट नतिजा ल्याउने एक छात्र तथा एक छात्रालाई र कक्षा ८ को जिल्ला स्तरीय परिक्षमा सामुदायीक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने एक विद्यार्थीलाई सम्मान पत्रले सम्मान गरिएको थियो । साथै खेलकुद क्षेत्रमा लाग्न विद्यार्थीको मनोवल बढाउने उदेश्यका साथ सो कार्यक्रममा इलाम जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्डकपमा चुलाचुलीको प्रतिनिधित्व गरी विजेता हुने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रम चुलाचुली ३ मा रहेको किरातेश्वर मा.वि.को प्रङ्गणमा चुलाचुली शिक्षा सामाजिक तथा खेलकुद समिती संम्योजक रामप्रसाद राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।