दमक । पहिलो पाइला नेपाल दमक शाखाको अध्यक्षमा दीपक खड्का निर्विरोध चयन हुनुभएको छ । शनिबार सम्पन्न संस्थाको अधिवेशनले दीपक खड्काको अध्यक्षता मा १३ सदस्य कार्यसमिति चयन गरेको छ ।
प्रथम उपाध्यक्षमा निसा घिमिरे, द्वितीय उपाध्यक्षमा सुरेश बराल, सचिवमा मेघनाथ फुयाँल, कोषाध्यक्षमा दिवस खतिवडा र सहसचिवमा राजु निरौला सर्वसम्मत चयन हुनुभएको छ ।
यसैगरी, सदस्यहरुमा रोशन अधिकारी, निश्चल घिमिरे, दीक्षा घिमिरे, विष्णु राई, निमेश रिजाल, पूजा दाहाल, लभराज खड्का चयन हुनुभएको छ ।
शनिबार बसेको बैठकले सामाजिक ब्याक्तित्व बिमल शर्मा, राजु खड्का, छवि घिमिरे, गणेश प्रधानलाई पहिलो पाइला नेपाल दमक शाखाको सल्लाहकारमा चयन गरिएको छ ।