नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको दमक वडा नं.०५ भेला सम्पन्न भएको छ।
भेलाले मनोज बुढाथोकीलाई अध्यक्ष, उपाध्यक्षमा अबिन लिम्बू सहित ३ जना उपाध्यक्ष,सचिब बिनोद भट्टराई,सह-सचीव रोहन घिमिरे र निरुता पाठक,कोषाध्यक्षमा गीता निरौला र १२१ सदस्य वडा समिति गठन गरेको थियो।
भेलामा दमक न.प. उपप्रमुख गीता अधिकारीले युवाहरुको बिकासको लागि नगरपालिकाले के गर्न पर्छ तपाइँहरु भन्नुहोस्,योजना लिएर आउनुसत्यसलाइ पुर्ण समर्थन गर्न आफुहरु तयार रहेको बताउनुभयो।
भेलामा प्रमुख अतिथि प्रदेश सांसद अर्जुन राइले युवाहरू देशको गहना भएको र युवा संग विभिन्न प्रकारको क्षमता भएको हुने हुदा यसलाइ सहि सदुपयोग गर्न सकियो भने देश बिकासले नया गति लिन सक्ने बताउनुभयो।
उक्त भेला मनोज बुढाथोकीको अध्यक्षता,प्रदेश सभा सदस्य अर्जुन राई प्रमुख अतिथ्य,दमक नगरपालिका मेयर रोम नाथ ओलि,दमक न.पा उपमेयर गीता अधिकारी,वडा न.०५ अध्यक्ष इन्द्र गुरुङको बिशिस्ट अतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रम युवा नेता प्रबिण पाठकले संचालन गरेका थिए।