२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. बिहिबार, बैशाख ०९, २०७८    १७:०८:२५

 

प्रदेश १ मा आज १६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०८, सुनसरीमा २८, झापामा १७, धनकुटामा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा आज ९७ जनामा संक्रमण पुष्टि भएका छन् । संक्रमित मध्ये ४६ जना महिला र ५१ जना पुरुष छन् । मोरंगको बुढीगंगा, उर्लाबारी, कटहरीमा २–२, सुन्दरहरैचा, पथरीशनिश्चरे र रंगेलीमा १–१ र स्थानीय तह नखुलेका २ जना, सुनसरीको धरानमा १६, इटहरीमा ७, बराहक्षेत्र, दुहवी, गढी, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१, झापाको भद्रपुर र विर्तामोडमा ४–४, कनकाईमा ३, दमकमा २, अर्जुनधारा, मेचीनगर, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, ते¥हथुमको लालीगुराँसमा १, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ७० पुगेको छ । संक्रमित मध्ये २९ हजार ९३२ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित ६६६ जना छन् ।
प्रदेश १ मा आज ६ सय २ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७२ महिला र ९६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com