११बैशाख,दमक/कागबेनी थकाली घरमा मिस एण्ड मिस्टर टिन उर्लाबारी सिजन ३ र लिटल प्रिन्स एन्ड प्रिन्सेस पुर्वान्चल सिजन २ को ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ।
लिटल प्रिन्स एन्ड प्रिन्सेस पुर्वान्चलमा १२ जना सहभागी थिए भने मिस एण्ड मिस्टर टिन उर्लाबारीमा १४ जनाको सहभागी रहेको आयोजक राजिक दियालीले बताउनु भयो।
कार्यक्रम अल राउन्ड डान्स स्टुडियोले आयोजना गरेको हो भने कार्यक्रमको इभेन्ट म्यानेजमेन्ट प्लानेट मल्टिमिडिया प्रा.लिले गरेको हो त्यस्तै कार्यक्रमलाई सहयोग भने रोजि डान्स सेन्टरले गरेको इन्भेन्ट म्यानेजमेन्ट मोनित महर्जनले बताउनुभयो।
कार्यक्रमको नियम अनुसार कार्यक्रम अवधि भर कुनै पनि प्रतियोगीहरु आउट नहुने र सबै प्रतियोगी फाइनल सम्म पुग्ने आयोजक राजिब दियालीले बताउनुभयो।
कार्यक्रमको फाइनल राउन्ड भने एभरेस्ट फन पार्क उर्लाबारीमा हुने तर अहिले सम्म समय नतोकिएको इभेन्ट म्यानेजमेन्ट मोनित महर्जनले बताए।