२०७८ जेठ ०१, शनिबार
Close
उत्तम रिजाल मंगलबार, बैशाख १४, २०७८    १४:२२:३५

 

दमक÷ एकै दिन १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै झापाको दमकमा उद्योग बाणिज्य संघले व्यापारी तथा सर्वसाधारणमा सचेत रहन आग्रह गर्दै मास्क वितरण शुरु गरेको छ । उसले आज विहान दमकको नयाँ सब्जि बजार क्षेत्रका व्यापारी तथा सर्वसाधारणमा मास्क वितरण गरेको छ । उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई, प्रथम उपाध्यक्ष राजु खड्का, रमा लिम्बु लगायत बाणिज्य संघका अन्य पदाधिकारी लगायतको टोलीले मास्क वितरण गरेको हो । विहान मात्र एक हजार हाराहारीमा मास्क वितरण गर्दै कार्यक्रम गरेको उसले दिउँसो बैठक बसी थप निर्णय गर्ने बाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी दिनुभयो । दमकमा हिजो मात्र वडा नम्बर २, ४, ६ र ८ का ७ महिला र ८ पुरुष गरी १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com