२०७८ आषाढ ०४, शुक्रबार
Close
उत्तम रिजाल बुधबार, बैशाख १५, २०७८    ८:०६:०६
दमक। सामाजिक कार्यमा सक्रिय पहिलो पाईला नेपाल दमकका अध्यक्ष दिपक खड्काले आफ्ना छोरा साइन खड्काको जन्मदिनको अबसर पारेर मोरङ्गको मिक्लाजुङ स्थित टिकटक रोड क्षेत्रका लागि स्टेन पिङ्ग हस्तान्तरण गर्नु भएको छ । उहाँले टिकटक रोड व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र थापालाई संस्थाको नामबाट सो पिङ्ग हस्तान्तरण गर्नु भएको हो । अन्य क्षेत्रको पार्कमा पिङ्ग खेल्न शुल्क तिर्नु पर्ने तर सो क्षेत्रमा तिर्न नपर्ने भएकाले सबैले निशुल्क खेल्न पाउन भन्ने उदेश्यले छोराको जन्मदिनमा पीङ्ग हस्तान्तरण गरेको अध्यक्ष खड्काले प्रतिक्रिया दिनुभयो । पिङ्ग हस्तान्तरण कार्यक्रममा पहिलो पाईलाका अन्य पदाधिकारीका साथै उद्योग बाणिज्य संघ दमकका प्रथम उपाध्यक्ष तथा पहिलो पाइलाका सल्लाहकार राजु खड्का लगायतको उपस्थिति रहेको थियो । समाजसेवी खड्काले आफ्नै लगानी भएपनि विभिन्न क्षेत्रमा संस्थाकै नाममा सहयोग गर्दै आउनु भएको छ । पहिलो पाइलाले पुर्वका विभिन्न क्षेत्रको सरसफाईदेखि, विरामीहरुको उपचार, विद्यार्थीका लागि भाग्य बोक्ने झोला सम्मका कार्यमा समेत सहयोग प्रदान गर्दै आएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com