२०७८ कार्तिक ०७, आइतबार
Close
रेडियो झापा 100.7 MHz. शनिबार, बैशाख १८, २०७८    ९:३८:४२

१३० औं अन्तराष्ट्रिय श्रामिक दिवस (मजदुर दिवस) को अवसरमा सम्पूर्ण श्रामजिवी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा दीर्धायू, सु–स्वास्थ्य, शुख, शान्ति, समृद्धि एवम उत्तरोत्तर उन्नति, प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
श्रामिकहरुका अधिकारको रक्षा र अधिकार प्राप्तिका लागि तथा निरङ्कुश सामन्ति शासनको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्मका आन्दोलनमा श्रामजिवी वर्गले पुüयाएको योगदानको उच्च सम्मान व्यक्त गर्दछु । साथै संघर्षका क्रममा आङ्कनो जीवन उत्सर्ग गर्ने महान शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
इतिहासमै पहिलो पटक पूरा विश्व कोरोना भाइरससँग लडिरहेको छ । आजका दिनमा सबैभन्दा बढी कोरोना र जीवनसँग कोही कठिन लडाँई लडिरहेको छ भने त्यो मजदुर हो, श्रामिक वर्ग हो । नेपालमा त्यस्ता धेरै श्रामिक छन् जो साँझ बिहान गाँस, बास र कपासको निमित्त मात्रै आङ्कनो भरदिन श्राम खर्चिरहेका हुन्छन् । यस्तो विषम परिस्थितिमा श्रामिकहरुको जीवन रक्षाका लागि सम्बन्धित सबै सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराउँन चाहान्छु । जसको श्रामले संसार बाँचेको छ, उसको सम्मान हुनुपर्छ शास्वत सत्य यही हो ।
यो महामारी नियन्त्रणमा अहोरात्र शारीरिक तथा मानसिक तनावको प्रवाह नगरी महामारी विरुद्धको लडाँईको अग्रमोर्चा सम्हालिरहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको उचित सुरक्षाको सुनिश्चितता र श्रामको उचित सम्मानजनक मुल्याङ्कन र महामारीलाई परास्त गर्ने उच्च मनोबलसहितको प्रेरणा, जोस र साहस प्राप्तहोस् भन्ने कामना व्यक्त गर्दछु ।
अन्त्यमा, अन्तराष्ट्रिय श्रामिक दिवस (मजदुर दिवस) को मर्मलाई हृदयगमन गरी सबै मानव समुदायले श्रामिकको श्रामको सम्मान गरोस् र राष्ट्रलाई समृद्ध र सुखी बनाउने श्रामिक वर्ग नै हुन भन्ने कुरालाई आत्मसाथ गरोस् भन्ने अपेक्षासहित पुनः मे १ अर्थात श्रामिक दिवसको यस अवसरमा कोरोना भाइरस विरुद्धको अभियानमा सम्पूर्ण जनता सचेत र जिम्मेवार भएर लाग्न आम जनसमुदायमा हार्दिक अनुरोधसहित शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।
१८ बैशाख, २०७८ ।
………………………
सोमनाथ अधिकारी “प्यासी”
प्रदेश प्रमुख
प्रदेश नं. १

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com