झापा । झापा बिर्तामोडका एक दम्पतिको कोरोना संक्रमणबाट निधन भएको छ ।
श्रीमानको निधन भएको एक सातापछि श्रीमतीको पनि कोरोना संक्रमणबाटै निधन भएको हो । बिर्तामोड १ निवासी ७८ वर्षिय गणेशबहादुर बस्नेतको गत शनिबार बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा निधन भएको थियो । त्यसको एक सातापछि हिजो शनिबार उहाँकी श्रीमती ५६ वर्षिया संगीता बस्नेतको मृत्यु भएको छ । उपचारका क्रममा दिउँसो उहाँको मृत्यु भएको बिर्तासिटी हस्पिटलका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले बताउनुभयो । पहिला श्रीमान गणेशबहादुरलाई संक्रमण देखिएको र श्रीमानलाई स्याहार्ने क्रममा श्रीमतीलाई सरेको उहाँले जानकारी दिनुभएको छ । गणेशबहादुरलाई काठमाडौं जाँदा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । बस्नेत दम्पतिका एकजना छोरा र दुई जना छोरी छन् । ती सबैजना अष्ट्रेलियामा रहेको जनाइएको छ । समाचार स्रोत ः प्रतिदिन अनलाइन