२०७८ कार्तिक ०८, सोमबार
Close
उत्तम रिजाल आइतबार, जेठ २३, २०७८    १६:४१:५५

प्रतिकात्मक तस्वीर
२३ जेठ, दमक ÷ झापाको दमकस्थित भुटानी शरणार्थी शिविरका शिविर प्रमुख सुरेन्द्रराज दाहालले दुई स्थानीय तहका लागि ८ ओटा अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नुभएको छ । उहाँले झापाको दमक नगरपालिकालाई दमक कोभिड उपचार केन्द्रका लागि ३, मोरङ्गको मिक्लाजुङ्ग गाउँपालिकाको आइसोलेशन तथा उपचारकेन्द्रको लागि ५ ओटा गरी ८ ओटा ठूलो साइजको अक्सिजन सिलिण्डर सहित अन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमै सहयोग हस्तान्तरण गर्दै शिविर प्रमुख दाहालले भुटानी शरणार्थीहरु तथा अन्य कोरोना संक्रमितहरुले अक्सिजनको अभावमा मृत्युवरण गर्नु नपरोस भनेर सहयोग हस्तान्तरण गरेको बताउनुभयो । सो क्रममा दमक नगरपालिकालाई ३ ओटा, मिक्लाजुङ्ग गाउँपालिकालाई ५ ओटा अक्सिजन रेगुलेटर पनि सहयोग गरिएको छ । त्यस्तै मिक्लाजुङ्गलाई सिरानी सहितको ३० बेड र दमकलाई २० बेड तथा एक÷एक हजार सर्जिकल मास्क, २०÷२० ओटा केएन ९५ मास्क प्रदान गर्नुभयो । त्यस्तै मिक्लाजुङ्गलाई एक ओटा अक्सिमिटर र दश लिटर सेनिटाइजर पनि दिइएको छ ।
स्वास्थ्य सामाग्रीहरु मिक्लाजुङ्ग गाउँपालिकाका लागि प्रमुख देवीप्रसाद आचार्य र दमक नगरपालिकाका लागि उप–प्रमुख गिता अधिकारीलाई हस्तान्तरण गरिएको छ । क्याम्प सचिव कृष्ण सुब्बाको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा क्याम्पका सल्लाहकार टिकाराम कालीकोटे, सशस्त्र प्रहरीबल बेलडाँगी बेस क्याम्पका प्रमुख गोपाल पोखरेल, लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com