२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, जेठ २३, २०७८    १६:५२:०४

 

काठमाण्डाै – राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापालाई प्रदेश सभा सदस्य पदमा पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । पार्टीको निर्देशन नमानेको भन्दै जनमोर्चाले थापालाई पार्टी सदस्यता र गण्डकी प्रदेश सभा सदस्य पदबाटै हटाएको थियो ।

पार्टीको निर्णयको विरुद्धमा थापा सर्वोच्च जानुभएको थियो । आज न्यायाधीश कुमाल चुडालको इजलासले थापालाई पार्टीले राजनीतिक दलसम्बन्धी कानुन र व्यावहारिक कारणले पदबाट हटाउन नसक्ने भएकाले पुनर्बहाली गर्न आदेश दिएको हो ।

गण्डकी प्रदेशमा पार्टीको निर्णयलाई अटेर गरेर नयाँ सरकार बनाउन साथ नदिएको भन्दै थापालाई जनमोर्चाले प्रदेश सभा सदस्यबाट हटाएको थियो । जनमोर्चाका कृष्ण थापाले साथ नदिँदा गण्डकीमा एमाले र माओवादीले एमालेको तर्फबाट मुख्यमन्त्री बन्नुभएका पृथ्वीसुब्बा गुरुङलाई हटाएर कांग्रेस नेतृत्वमा सरकार बन्न सकेकाे थिएन ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com