२०७८ कार्तिक ०८, सोमबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, जेठ २८, २०७८    ८:३३:२०

मोरङ । हिजो साँझ ६ः१५ बजे मोरङको बेलबारी नगरपालिका वडा नं.–१० भाउन्ने जंगल स्थित पूर्व पश्चिम लोक मार्गमा पूर्वबाट पश्चिमतर्फ सुन्दर हरैचा नगरपालिका वडा नं.–९ बस्ने चेवनकुमार धमला र सोही स्थान बस्ने बिशाल भन्ने खेम भट्टराई सवार भएको प्रदेश नं.१–०२–०४१ प ८८८७ नं. को मोटर साईकलले पैदल यात्री जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नं.–११ बस्ने बर्ष १६ को प्रितम राई, बर्ष १५ को सन्देश दास र कानेपोखरी गाउँपालिका वडा नं.–७ बस्ने बर्ष ६५ को दिल कुमार योगीलाई ठक्कर दिंदा ५ जना नै घाईते भई नोवेल सामुदायिक अस्पताल बेलबारीमा ल्याईएको प्रहरीले जनाएको छ । घाईते मध्येका सुन्दरहरैचा नगरपालिका वडा नं. ९ बस्ने चेवन कुमार धमला र ऐऐ बस्ने बिशाल भन्ने खेम भट्टराईलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले शंकास्पद देखी चेकजाँच गर्ने क्रममा लागु औषध ८९२ पिस नाईट्रोजन ट्याब्लेट र १३ ग्राम ८६० मिलिग्राम चरेश जस्तो देखिने कालो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ । उक्त लागु औषध जिल्ला मोरङ सुनवर्षी गाउँपालिका वडा नं.८ बस्ने बर्ष ६० को अब्बास मियाबाट खरीद गरी ल्याएको खुल्न आएको हुँदा निजको घर खानतलासी गर्ने क्रममा कटुवा पेस्तोल थान–१ ऐ को गोली थान–२, नाईट्रोभेट ६०० ट्याब्लेट डाईलेक्स डिसी २ बोतल र चक्कु थान–१ समेत फेला परेको जनाइएको छ । तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com