२०७८ साउन १७, आइतबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, आषाढ ०१, २०७८    ७:२०:५६

दमक । दमक नगरपालिकाले निषेधाज्ञा केहि खुकुल्लो पार्दै असार ७ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याएको छ । हिजो दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा बसेको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण पालिका स्तरीय संरचना समितिको बैठकले उक्त निर्णय गरेको हो ।
नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा गर्न बनेको अध्यादेश २०७८, संक्रामक रोग ऐन २०२० र जिल्ला कोरोना भाईरस संकट व्यवस्थापन समिति, झापाको मिति २०७८ साल जेठ ३० गतेको निर्णय माथि छलफल गरी जिल्ला प्रशासन कार्यालय, झापाबाट जारी भएका निषेधाज्ञालाई समेत आधार मानि दमक नगर क्षेत्र भित्र जेठ ३१ गते राती १२ बजेदेखि लागू हुने गरी प्रभावकारी रुपमा लागू गर्ने निर्णय भएको दमक नगरपालिकाले जनाएको छ ।
औषधि खरिद तथा उपचारका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कन भनिएको छ । मलखाद, विउ विजन, कुखुराका चल्ला, दाना, पशुपन्क्षीका आहार सम्वन्धी पसल स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी विहान १० बजेदेखि दिउँसो ५ बजेसम्म सञ्चालन गर्न पाईने छ । मोटर वर्कसपहरुले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी न्यूनतम कामदारहरुको उपस्थितिमा विहान ११ बजेदेखी दिउँसो २ बजेसम्म संचालन गर्न पाईने छ ।
औषधी पसल तथा अत्यावश्यक सेवा सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
खाद्यान्न, फलफुल, तरकारी, माछामासु, दुध डेरी, पुस्तक, हार्डवेयर पसल विहान ६ः०० बजे देखि १०ः०० बजे सम्म खुल्ला रहने । सामाग्री खरीद गर्न निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने र कुनै भिडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने भनिएको छ ।
यसैगरी, बैक तथा वित्तिय संस्थाको सम्वन्धमा सम्वन्धित माथिल्लो निकायको स्वीकृति लिई न्युनतम कर्मचारीको उपस्थितिमा आईतवार, मंगलबार, विहिवार र शुक्रवार आलोपालो मिलाई सञ्चालन गर्न निर्देशन जारी गरिएको छ । सहकारी संस्थाहरुले घर, पसल तथा समूहमा गई वचत रकम संकलन गर्ने कार्य हाललाई स्थगित गरिएको दमक नगरपालिकाले जनाएको छ ।

 

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com