२०७८ कार्तिक ०८, सोमबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, आषाढ ११, २०७८    १६:५०:२३

सुनसरी । इटहरी उपमहानगरपालिकाले २१ वटा उन्नत वोयर जातका बोका वितरण गरेको छ ।
एक कार्यक्रमका विच उपमेयर लक्ष्मी गौतमले कृषक समूहरुलाई वोका वितरण गर्नुभएको हो । प्रमुख प्रशासकीय अघिकृत सूर्य प्रसाद सुवेदी,वडा नम्वर ३ का वडाध्यक्ष वालकृष्ण विष्ट र वडा नम्वर १९ का वडाध्यक्ष श्रीनारायण चौधरीको समेत उपस्थितिमा वोयर जातका वोका वितरण गरिएको हो ।
इटहरी उपमहानगरपालिका पशुपंक्षि शाखा प्रमुख दुर्गा श्रेष्ठका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्र्तगत कृषि फमहरुलाई १३ वटा वोका ७५ प्रतिशत अनुदानमा वितरण गरिएको हो । अरु वोका बाख्रा पकेट कार्यक्रम लागु भएको इटहरी १८ को शिहंदेवी कृषि शहकारी संस्थामा आवद्ध कृषी समूहलाई वितरण गरिएको हो ।


यसमा कृषकको ३३ प्रतिशत लागत साझेदारी रहेको छ । त्यहाँका कृषकहरुलाई केहि दिन भित्रैमा सय वटा वोयर जातका पाठी वितरण गर्ने कार्यक्रम रहेको शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । आज वितरित वोकाको मूल्य ५० हजार देखि १लाख ५० हजार सम्म रहेको छ । गत वर्ष वितरित वाख्रावाट जन्मिएको ६ महिनाको एउटा पाठो ६५ केजीको भएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com