२०७८ साउन १७, आइतबार
Close
रेडियो झापा 100.7 MHz. बिहिबार, आषाढ २४, २०७८    १६:३८:३८

 

दमक । पञ्चायतकालमा बाल्यवस्था देखि नै बिद्यार्थी राजनीतिमा होमिएका नेपाली कांग्रेस झापाका युवा नेता प्रमोद दाहाल २०४४ साल देखि नै नेपाल विद्यार्थी संघको जिल्ला सदस्य तथा प्रजातन्त्र प्राप्तिपछि नेपाल बिद्यार्थी संघको जिल्ला कोषाध्यक्षमा रहि काम गरेर आफ्नो सम्पूर्ण परिवार नै लोकतान्त्रिक आन्दोलनमा समर्पित नाम हो ।

नेपाली कांग्रेस झापाको तात्कालिन लखनपुर गाउँ पालिकाको पार्टी सचिव भई कांग्रेस पार्टी प्रति आफ्नो गहन जिम्मेवारी निर्वाह गरिक्नु भएका नेता दाहाल वर्तमान नेपाली कांग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्मासँगै राजनीतिमा लाग्नु भएका युवा नेता हुन । बिगतदेखि बर्तमानसम्म कांग्रेसको झण्डा बोकेर प्रजातन्त्रको बिगुल फुकेका दाहाल अहिले पनि राजनीतिमा उत्तिकै सक्रिय रहेका नेता हुनुहुन्छ ।

विश्वेश्वरप्रसाद कोइरालासँगै राजनीतिमा लागेर पटक पटक जेल र निर्वासन जीवन भोगेका र पञ्चायतको कालरात्रीमा समेत नेपाली कांग्रेसको झापा जिल्लाको पार्टी सभापति भई नेपाली कांग्रेसको अस्तित्व रक्षा र लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेका बर्तमान झापा कांग्रेसको जिउँदो ईतिहास पूर्णानन्द शर्मा पी.एन. सरका माईला छोरा प्रमोद दाहाल लखनपुर कांग्रेसका लागि चिरपरिचित नाम हो । नेपाली कांग्रेसमा पञ्चायत विरोधि आन्दोलनदेखि बर्तमानसम्म दाहाल परिवारको योगदान अतुलनीय रहदै आएको छ ।
जिवनभर नेपाली कांग्रेसको सांगठनिक सुधारमा लाग्नु भएका प्रमोद दाहाल वर्तमान नेपाली कांग्रेसको नेतृत्वप्रति भने त्यति सन्तुष्ट हुनुहुन्न। भनसुन र जिहजुरी गरेर पदमा बस्न पटक्कै नरुचाउने हक्की स्वभावका दाहाल नेपाली जनताको भावना र चाहना अनुरुप कांग्रेस हिँड्न नसकेकैले नेपाली जनताले नेपाली कांग्रेसको विकल्पमा कम्युनिष्ट पार्टी प्रति अभिरुचि राख्न थालेको तितो यथार्थता उजागर समेत गर्नुभएको छ।

नेपाली कांग्रेसको आगामी चौधौ महाधिबेशनमा कमल गाउँ पालिकाको सभापतिको प्रत्यासी रहनु भएका झापा कांग्रेसका युवा नेता प्रमोद दाहाल अबको कांग्रेस ईमानदार र जनतामुखी हुनुपर्ने र जनमुखी बिकासका कार्यक्रमका साथ अगाडि आउन जरुरी रहेको बताउनु हुन्छ।

नेता दाहाल अब नेपाली कांग्रेसमा नयाँ नेतृत्व आउनु पर्ने र युवाहरुले नेतृत्व लिन तदारुकता देखाउनु पर्ने कुरामा जोड दिनुहुन्छ। उहाँको कथन छ अबको नेपाली कांग्रेसको नेतृत्व केन्द्रदेखि गाउँसम्म जनताका लागि बिकास र समृद्धिका योजना र कार्यक्रम सहितको कांग्रेस हुनुपर्ने बताउनु हुन्छ।

सामाजिक क्षेत्रमा अत्यन्तै सकृय दाहाल मंगलमय माध्यमिक बवद्यालयको ब्यवस्थापन समितिको अध्यक्ष, लायन्स क्लव अफ दमक लखनपुरको पूर्व अध्यक्ष तथा हाल सिनियर एडभाईजर हुनुहुन्छ भने कमल गाउपालिकास्थित मंगलवारेमा रहेको सहकारी संस्थाको अध्यक्ष, साबिक लखनपुर खानेपानी उपभोक्ता समितिका सदस्य, नेपाल रेडक्रस सोसाईटी कमल गाउँ पालिका उपशाखाको संस्थापक कोषाध्यक्ष भई नेतृत्व प्रदान गरिरहनुभएको छ ।

स्थानीय युवाहरुको आग्रह र कांग्रेसको गिर्दैगएको शाख जोगाउन कमल कांग्रेसको नेतृत्व गर्न अगाडि आउनुभएका प्रमोद दाहाललाई कमल गाउँपालिकाका युवा कांग्रेसको साथ र अभिभावक कांग्रेसको आशीर्वाद रहँदै आएको छ । निकट भबिष्यमा आउन लागेको स्थानीय र संघिय निर्वाचनमा नेपाली कांग्रेस कमल गाउँ पालिकामा पहिलो पार्टी बनाउने उद्घोषका साथ महाधिवेशनमा होमिएका दाहाललाई जिताएर कमल कांग्रेसको सान उच्च राख्न अहिले सिङ्गो पार्टीपङ्ति एकढिक्का भएर उभिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com