२०७८ कार्तिक ०८, सोमबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, आषाढ २७, २०७८    १७:५३:५६

दमक असार २७ । झापाको दमक स्थित जाँगरिला महिला कृषि सहकारी सस्थाले आइतबारदेखि नयाँ कार्यालयबाट कारोवार सुरु गरिएको छ ।
कार्यालयको औपचारीक उद्घाटन जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले ब्यानर सार्वजनिक गरेर गरेका थिए । दमक नपा ५ स्थित भृकुटी चौकमा सञ्चालन गरिएको नयाँ कार्यालयको उद्घाटन शत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका अध्यक्ष ढकालले पछिल्लो समय सहरकारी सस्था सञ्चालनमा बिभिन्न चुनौति आएको बताए ।
अहिले धेरै सहरकारीहरु सञ्चालनमा समस्या भएर मर्च हुने क्रम तिब्र रुपमा अघि बढेका छन् । चल्न नसकेका केही सहकारी बन्द गर्ने चरणमा पुगेका जानकारी दिए ।
यो अवस्थामा पनि महिलाले नेतृत्व गरेर सञ्चालन गरेका सहकारी भने धेरै सफल भएका उदाहरण समेत छन् ढकालले भने । कृषि सहकारी भएकाले यहाँ आवद्ध हरेक महिलालाई कृषिसँग सम्बन्धित उद्यमसँग जोडे उद्यमी बनाउने तर्फ कार्यक्रम अघि बढाउन सुझाव दिए ।
कार्यक्रममा दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले सहकारीको उदेश्य अनुसार सबै सेयर सदस्यको उदेश्य र व्यवहार मिल्न सकेमा लक्ष पुरा हुने बताए । कार्यक्रममा जिल्ला सहकारी संघ झापाकी पूर्व उपाध्यक्ष गीता कुँवर, राष्ट्रिय बाणिज्य संघका दमक नगर अध्यक्ष ध्रुव भट्टराईले शुभकामना दिएका थिए ।
कार्यक्रमको सहकारीकी अध्यक्ष पार्वता ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो । सहकारीमा लगभग दुइ सय भन्दा बढी सेयर सदस्य रहेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com