दमक । विगत लामो समयदेखि दमकमा कवाडी संकलनको काम गर्दै आएका कोरोना संक्रमित एक व्यक्तिलाई दमक नगर प्रहरीले उद्दार गरेको छ ।
दमक नगर प्रहरीले बसपार्कमा बेवारिसे बिरामी अबस्थामा भेटिएका कोरोना संक्रमित दार्जिलिङ घर बताउने अनिल थापालाई उद्धार गरेको हो । दिशापिसाव एकै ठाँउमा गरिरहेका उनलाई निक्कै दुर्गन्धित अवस्थामा नगर प्रहरीले उद्धार गरेको हो । उनलाई नुहाइधुवाई गरेर सफासुग्गर बनाएर अस्पताल भर्ना गरेको बताईएको छ ।
नगर प्रहरी दमकका ईन्चार्ज रुद्रजंग कार्कीका अनुसार उक्त बेहाल अवस्थामा भेटिएका बृद्धको पिसिआर परिक्षण गराएर अस्पताल लगिएको छ । कोरोना परिक्षण रिर्पोटमा उनको कोरोना पोजेटिभ पुष्टि भएको बताईएको छ । अहिले ती वेवारिसे रुपमा उद्धार गरिएका ब्याक्तिलाई कोभिड अस्पताल बेलडाँगीमा राखिएको जनाइएको छ ।
उनी एक रेष्टुरेन्टमा ‘कुक’को काम गर्दै आएकोमा पहिलो चरणमा भएको लकडाउनबाट उनी बेरोजगार बन्न पुगेपछि कवाडीका सामान उठाउँदै आएका थिए ।